पलाँतामा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल बन्दै

 असोज ३१ कालीकाेट । कालीकोट जिल्लाको पालाँता गाउँपालिकामा १५ शैयाको अस्पताल सुरु भएको छ । सरकारले एक स्थानीय तह एक अस्पताल वनाउने रणनिति वनाएसंगै पलाँता गाउँपालिकाले तत्काल १५ शैयाको अस्पतालको काम सुरु गरेको हाे ।

गाउँपालिकाले आफ्नो र प्रदेश सरकारको लगानीमा अस्पताल सञ्चालन गरिरहेको छ,भने संघिय सरकारवाटको २१ करोडको वजेटवाट अस्पतालका अन्य संंरचना वनाउने तयारी गरिरहेको छ । सुरुको वर्षमा गाउँपालिकाले केही वजेट खर्च गरेर अस्पताल सञ्चालन गरेपछि प्रदेश सरकारले ७५ लाख वजेट दिएर दश कोठाको भवन निमार्ण भईरहेको छ ।

सुरुमा १० शैयाकाे अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाले फेरी ५  शैयाथप गरेर १५ शैयाकाे अस्पताल सञ्चाल गर्ने पत्र प्रदेश सरकार हुदै संघिय सरकार सम्म पठाए पछि संघिय सरकारले समेत २१ करोड वजेट दिएर भवन मजवुद वनाउन निर्देशन गरेको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले दुर्गममा स्वास्थ्य सेवा प्रदान गर्नकालागि गाउँपालिकाले प्रदेश र संघिय सरकारसंग आग्रह गरेको वताउनुभयो। उहाँले पटक पटकको आग्रह पछि वल्ल स्वीकृत भएकाले अव २१ करोडको वोलपत्र आवाहान गर्ने र अहिले ७५ लाखका दुई वटा भवन निमार्ण कार्य ६० प्रतिसत सम्म सम्पन्न भएको वताउनुभयो ।

आफ्नो कार्यकालमा गाउँपालिकामा अस्पताल निमार्ण गरेर नयाँ सबिधा सम्पन्न भवनमा सेवा सुचारु गर्ने उद्देश्यका साथ काम भईरहेको वताउनुभयो । प्रदेश सरकारले एक पटक ३५ लाख दिइएर चार कोठाको भवन वनाउन निर्देशन गरेको थियो । त्यसले नपुग्ने भएपछि फेरी ४० लाख दिएर थप ६ कोठा भवन निमार्ण भईरहेको छ ।

पुरानो स्वास्थ्य चौकी र्थिपुलाई मर्मत गरेर अहिले अस्पताल सञ्चालन भईरहेको गाउँपालिकाले जनाएको छ । अध्यक्ष बमले गाउँपालिकाले खरिद गरेका गाडी अहिले तिन वटा साविकका स्वास्थ्य चौकीलाई प्रदान गरेर बिरामीका लागि मात्र प्रयोग गर्न निर्देशन समेत गरेको वताउनुभयो । उहाँले सबै भन्दा पहिला मानिसको स्वास्थ्य ठिक भएमा सबै ठिक हुने भएकाले स्वास्थ्यमा लगानी वढाएको वताउनुभयो । सबै स्वास्थ्य सस्थामा सडक पुगेपछि गाडी प्रदान गरिएको छ ।