शिक्षा इकाईमा व्यापक अनियमितता

कार्तिक १८,कालिकोट। जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय कालिकोटमा व्यापक अनियमितता भएको पाईएको छ। २०७९ साल साउन २० गते बसेको दन्द्ध पिडित शिक्षकहरु पदस्थापना तथा पुनर्वाहालीका बारेमा बसेको बैठकमा उपस्थित ९ जना शिक्षकहरुको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते हस्ताक्षर गरी रकम खाएको पाइएको हो।

एक जनालाई एक हजार पाँच सयका दरले पाउने बैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले किर्ते गरी रकम नदिएको पाईएको छ । वैठकमा उपस्थित ९ जना मध्य कार्यालय प्रमुख र सुचना अधिकारी वाहेक ७ जनाको एक हजार पाँच सयका दरले पाउने रकममा करकट्टी गरि जम्मा ८ हजार नौसय २५ रुपैयाँ प्रमुखले लिएको आरोप लागेको छ ।

बैठकमा उपस्थित शिक्षक संघ संगठनका पधाधिकारीहरुले आफुहरु बैठकमा उपस्थिती रहेको तर, भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् ।उपस्थित सहभागीहरुले भत्ताको भरपाईमा हस्ताक्षर नगरेको दाबी गरेका छन् । उपस्थित सहभागीहरुको वैठक भत्ताको भरपाई र अन्य बैठकमा माइन्युटहरुको हस्ताक्षरमा पनि फरक देखिएको छ । यस विषयमा कार्यालय प्रमुख अधिकारीले लेखापाल नभएकाले वैठक भत्ता दिन नसकेको बताएका छन् ।

हामीले सम्पर्क गरेर किर्ते हस्ताक्षर किन गर्नु भएको भनी प्रश्न गर्दा फोन काटेका छन् । यती सानो सानो रकममा कालो नियत भएका कार्यालय प्रमुख अधिकारीले कार्यालयका अन्य प्रयोजनमा कति रकम अनियमितता गरेका होलान ? भन्दै प्रश्न उब्जाएको एक स्थानीयले बताए ।यस विषयमा अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । उनले भने, ‘कार्यालय प्रमुख होस वा कुनै कर्मचारी आवश्यक विदामा भएको वेला एउटा कुरा हो, नत्र दुई महिना सम्म कार्यालयमा हाजिर छैनन् भने हामी अनुगमन र सोधखोज गछौँ ।’

असोज १ गतेदेखी कार्यालय प्रमुख देखी केही कर्मचारी अफिसमा नबसेको देखिएको छ । असोज १ गतेदेखी कार्यालय प्रमुख चन्दप्रकाश अधिकारी र कार्यालय सहयोगी दैनिक हाजिर नभएको पाइएको छ । दुई महिना सम्म कार्यालयमा हाजिर नभएका अधिकारी हाल काठमाण्डौंमा बसिरहेका बुझिएको छ ।

गाडीमै अनियमितता
बिग्रिएको कार्यालयको गाडिको इन्धन र मर्मतको बिल समेत मिलाएर खर्च गरेको भेटिएको छ ।
अफिसको गाडी र जेनेरेटरको इन्धन खर्च भनेर रकम खर्च समेत गरेको देखिएको छ।कार्यालयको गाडी मर्मत नगरेर वषौँ देखी घुम्टो ओडाही कार्यालय परिसरमा राखेको छ । बिग्रेको गाडीको मर्मत र इन्धन खर्चको बिल लगाएतको बिलमा एक लाखबढिको अनियमितता गरेको पाहिएको हो। बिल मिलाउने तर, गाडी वषौँदेखी घुम्टो ओढाएर राखिएको छ । आफुहरुले अन्य गाडीको बिल खर्चमा राखेको कार्यालयको जिकिर गरेको छ ।

बिगतदेखी नै विद्यालयका ब्लक देखी अन्य गतिविधीमा अनियमितता हुदै आएको शिक्षामा अझै सुधार हुन सकेको छैन ।जिल्ला शिक्षा तथा समन्वय ईकाई कालिकोटमा घेरवार छैन । कार्यालय सहयोगीहरु पनि रेखदेखमा ध्यान दिदैनन् । कार्यालय परिसरमा पत्रकारहरु जाँदा भेडा चरिरहेका थिए । भेडा हेराला पनि कार्यालय परिसरको छेउमा बसेका थिए । सरकारी कार्यालयमा कर्मचारीको लाफरबाही धेरै देखिएकाले नागरिकहरुले तत्काल कार्वाहीको माग गरेका छन्।यता अनियमितता धेरै गर्ने कर्मचारीहरुलाई कार्यालय आसपासमा कुनै ध्यान छैन् । बिल मिलाउनमै ब्यस्त रहेका कार्यालय प्रमुखको लाफरवाहीका कारण कार्यालय पनि फोहोरको थुप्रो जस्तै बनेको स्थानीयले बताएक छन् ।