
श्रावण १५, कालिकाेट। जिल्ला अस्पताल कालिकाेटलाई स्वास्थ्य सामग्री सहगाेग गरीएकाे छ। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले शुक्रवार जिल्ला अस्पताल कालिकोटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गनुभएको हो।
कर्णालीका दशवटा जिल्लालाई स्वास्थ्य सामग्री बितरण अभियान अन्तरगत आज कालिकोटमा पुगेर अक्सिजन कन्सेट्रटर, मास्क, पीपीई स्यानीटाइजर, फेस सिल्ड,ग्लोब्स लगाएतका स्वास्थ्य सामग्री शाहीले हस्तान्तरण गरेकाे युवा नेता जगतजंङ बिष्टले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल कालिकोट का प्रमुख डा.रत्नवीर सुनारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गदै आउने दिनमा पनि सक्दो सहयोग गर्ने बताउनु भयो।
केही समय अगाडी नेता शाहीको नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा निःशुल्क रुपमा खाना बितरण अभियान समेत संचालन भएको थियो भने उनकै पहलमा मेलम्ची ग्यालथुमलाई ५० बोरा खाद्यान्न र ६० थान जस्ता पाता हस्तान्तरण गरिएको थियो ।



karnalipress
१५ श्रावण २०७८, शुक्रबार २२:१९