आत्म सुरक्षा सम्बन्धी युवतीहरूलाई अभिमुखिकरण

भाद्र ७,कालिकोट । कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आत्म सुरक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो आवाज,हाम्रो रोजाई कार्यक्रम अन्तरगत प्लान ईन्टरनेश्नल नेपाल,युरोपियन युनियनको सहयोग फेडो नेपाल कालिकोटको आयोजनामा नागरिक कार्य समूह का जिल्ला सदस्य तथा पालिका सदस्यहरू तालिममा सहभागी रहेका थियो ।

कार्यक्रममा वोल्दै फेडोका कार्यक्रम संयोजक रमेश नेपालीले जातिय छुवाछुत र जातिय विभेद,महिला हिंसा,बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू न्युनिकरण मात्र नभयर यस्लाई सामाजवाटै शून्य वनाउन आफ्नो संस्था र आफू लागि परेको बताए ।

अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक वाले विश्वकर्माले महिला हिंसा,बाल विवाह,जातिय छुवाछुत लगायतका घटना मानव अधिकार र मानव अधिकार हननका घटनामा आफू र आफ्नो संस्था विगत लामो समय देखि लागिरहेको बताउदै नागरिक समाजले पनि यो विषयमा बोल्नु पर्ने र वकालत गरि यस्ता अपराधलाई गाउमै मिलाउने काम नगरी कानुनी वाटो ल्याउनु पर्ने बताए ।

आत्म रक्षा गर्न महिला तथा वालवालिकाहरूलाई आफ्नो रक्षाका लागि गरिने उपायहरूको पनि जानकारी  गराईएको थियो । मलाई कुनै पनि हिंसा हुदैछ भन्ने थाहा पाय पश्चात ज्ञण्ढड मा तुरून्त कल गरेर समस्या दर्शाउदै उक्त समस्याको पनि समाधान हुने कुरा प्रस्ट पार्दै कार्यक्रमको समापन भएको थियो ।