नेपाली कांग्रेस पार्टीको कार्यक्रम विद्यालयमा

कालिकोट। जिल्लाको पलाता गाउँपालिका ९ स्थित उज्वल आधारभुत बिधालय दुबारि चौरमा विद्यालय बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम रेकोको पाईएको छ।

मंगलबार अनुगमनको क्रममा सरकारी बिधालयमा नेपाली कांग्रेस पार्टीको कार्यक्रम भईरहेको पाइएको हो। शिक्षिका दिपा सुनारका “अनुसार विद्यालयमा २० जना बिद्यार्थीहरुको उपस्थित थियो र, आफुले हाजिर लगाई सके पछी पार्टीको कार्यक्रम हुने भन्ने सुनेर २ बजे बिद्यार्थीलाई घर पठाएका हुउ।”

विद्यालयमा पार्टीको कार्यक्रम  गर्न नमिल्ने हुदा,पनि गाउँमा धेरै जसो पार्टीको कार्यक्रम विद्यालयमा हुने गरेको पाईएको छ। यस बिषयमा नेपाली कांग्रेस पलाताका सभापति धिर बहादुर बमलाई सोधा बिधालय बन्दका कारण आफूहरुले कार्यक्रम गरेको बताउनु भयो ।