
माघ १४,कालिकोट । जिल्लाको शुभकालिका गाँउपालिकामा कर्णाली प्रदेशकै पहिलो औद्योगिक ग्राम बन्ने बन्ने भएको । नेपाल सरकार उद्योग वाणिंज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षका लागि औद्योगिक ग्राम बन्ने नगर तथा गाउँपालिका मध्येमा शुभकालिका गाउँपालिकालाई पनि छनौटमा पारेको हो ।
देशभरबाट ४ वटा नगरपालिका र २ वटा गाउँपालिका मात्रै छनौट सूचिमा परेकोमा कर्णाली प्रदेशका बाट शुभकालिका गाउँपालिका मात्रै छनाेटमा परेको हो ।
मन्त्रालयका अनुसार छनाेटमा पर्ने स्थानीय तहहरुमा शुभकालिका गाउँपालिका कालिकोट ,महालक्ष्मी नगरपालिका धनकुटा, निलकण्ठ नगरपालिका धादिङ, पाणिनी गाउँपालिका अर्घाखाँची, दीपायल सिलगढी नगरपालिका डोटी छनौटमा परेका छन् ।
छनाेटमा परेका स्थानीय तहहरुले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेटमा कार्य सम्झौता गरि औद्योगिक क्षेत्र पूर्वाधार सुरुवात गर्नुपर्ने बताईएकाे छ ।
शुभकालिका गाउँपालिका छनाेटमा परेको छ,अव समयसिमा भित्रै सम्झौता गरि नमूना कार्यको रुपमा औद्योगिक क्षेत्र पूर्वाधार विकास मा गरिने गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।



karnalipress
१४ माघ २०७८, शुक्रबार २१:४१