Online News Portal
५ फाल्गुन २०७९, शुक्रबार १०:४४
वीरेन्द्रनगर : कर्णाली चिनाउने कर्णाली उत्सव कुडा कर्नालीका चौथो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ। कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिका लागि बृहत् छलफल हुने आयोजकले जनाएको छ।
यस अगाडिका तीन वटा संस्करणबाट थप उत्साहित हुँदै चौथो संस्करण गर्न लागिएको कर्णाली उत्सव मुल आयोजक समितिका संयोजक कमल लम्सालले बताए।
संघीयताको मर्म, छाउ र भाउ, कर्णालीको खस भाषा र संस्कृति, काला पहाडका तोडा, कर्णालीको पहिचानका विषयमा बहस गर्दै कर्णालीलाई उपेक्षित, दुर्गम र अविकासको शिकार बनाइकोमा यसलाई कसरी बदल्न सकिन्छ भन्ने विषयमा खरो बहस हुनेछ।
एत्सव मुल आयोजक समितिका संयोजक लम्सालले भने, ‘यही फागुन ५ गतेदेखि ७ गतेसम्म सुर्खेतको बुलबुले तालमा सञ्चालन हुने यो उत्सवमा विभिन्न १६ वटा विषयगत सत्रहरू, कर्णालीका हिरोहरू भनेर चिनिने पैकेलाका कथाहरू, यहाँको लोक बाजाका प्रस्तुतीहरूका साथै कर्णाली कन्सर्टका रूपमा सांस्कृतिक झाँक्रिहरू पनि राखिनेछ।’
यो उत्सवमा चर्चित अनुहारहरू नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय नेता विश्वप्रकाश शर्मा, युवा जेताहरू गेनेन्द्र शाही, सोविता गौतम, कर्णालीका हिरो पैकेलाहरू चर्चित गायक सुरज पण्डित, कोशल हमाल, खैरुन निशा, मिस पवि, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माथेमा लगायतका व्यक्तिहरू सहभागी हुनेछन्।
कर्णाली खेल्दोछ, यो सहर त्यो रहर, भोट भेट, शिक्षा रस्मर्पण, दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताका ५ वर्ष, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रूपान्तरण पुस्तान्तरण, सङ्लो समाज सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म लगायतका विषयवस्तुहरू उत्सवमा समावेश गरिएका छन्।
karnalipress
५ फाल्गुन २०७९, शुक्रबार १०:४४