जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

ललित बिष्ट भाद्र ३१, कालिकोट ।कालीकोटको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कर्णाली प्रदेश सरकार समाजिक बिकास मन्त्रालयले कोरोना महाँमारीलाई मध्यनजर गदै कालीकोटमा अक्सिजन प्लान्ड जडानका लागि वजेटको ब्यवस्था गरेपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।

मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जिल्ला अस्पताल कालीकोटको अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ । मंगलवार अवेर आयोजित एक कार्यक्रमका बिच मुख्यमन्त्री शाहीले अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको हो । अक्सिजन प्लान्टको उद्घाटन गदै अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले अस्पतालको भौतिक संरचना समेत सुधार भईरहेका अव जनशक्तीका साथै अन्य आवस्यक उपकरण समेत जडान गर्नका लागि प्रदेश सरकार तयार रहेको वताउनुभयो । अक्सिजन उत्पादनका लागि युएनडिपीले ६२.५ केभिको जेनेरेटर सहयोग गरेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डाक्टर रत्नबिर सुनारले कोरोनाको उपचारका लागि अक्सिजन अनिवार्य भएको वताउनुभयो ।

हामीले कोरोनाका बिरामीलाई नियमित अक्सिजन दिनु पर्ने हुदा अभावले जुम्ला लगाएतका अस्पतालमा पठाउनु पर्ने वाध्यताको अव अन्ते भएको वताउनुभयो । अव अस्पतालमा २४ घण्टामा ४० वटा सिलिन्डर अक्सिजन उत्पादन हुने भएको छ । वत्तीको अभावले अस्पतालले जेनेरेटर वाट अक्सिजन उत्पादन गर्ने भएकाले आवस्यक्ता अनुसार मात्र उत्पादन गरिने छ ।

नटवोल्ड अझै आई नपुगेकाले दुई तिन दिन पछि वाट अक्सिजन नियमित उत्पादन हुने अस्पतालले जनाएको छ । अस्पतालको अक्सिजन प्लान्ट जडानका लागि गरिएको वोलपत्रमा मुनरक कम्पनी छनोट भएको थियो । ८० लाख वजेटको सिमा तोकिएको भएपनि मुनरक कम्पनीले ७६ लाखमा खरिद गर्ने सम्झौता गरेको कार्यालयका लेखा अधिकृत मुनवहादुर रावलले जानकारी गराउनुभयो ।