कर्णाली राजमार्ग अवरूद्ध

कार्तिक २,कालिकोट ।तीन दिनदेखि जारी वर्षाका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ।राजमार्गको नाग्म,पिलि,सेरिघाट,घट्टेखोला,खिड्कीज्युलालगायतका ठाउँमा पहिरो खसेको हाे।

पहिरो खसेपछि राजमार्गको कालिकोट र दैलेख खण्ड मंगलबार बिहानै देखि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी चक्र शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार ठाउँ,ठाउँमा ठूलो पहिरोले सडकअवरूद्ध हुँदा कालिकोट र दैलेखबाट सुर्खेत,जाने र आउने यातायातका साधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। पहिरो पन्छाउन सम्बन्धित निकाय सँग समन्वय भइरहेको  प्रहरीले जनाएको छ।