बाजुरामा अटो रिक्सा दुर्घटना २ जनाको मृत्यु

१९ मंसिर,बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो रिक्सा दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडानं.१ का पुर्ब शिक्षक खगेन्द्र उपाध्याय र अर्का प्रकाश नेपाली रहेका छन ।

सु.प.प्र.०१/००१ ह ४२ ८२ नम्बरको अटो रिक्सामा पाँच  जना सवार रहेको र  दुई जनाको घटना स्थलमै मृत्यु भएको र दुई जनाको अबस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।

सदरमुकाम मार्तडी देखि जडाङगा  तिर जादै गरेको अटो रिक्सा साँझ ५ बजेर दुर्घटनामा परेको हो । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदि किनारमा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक  धनदेव सावतले जानकारी दिए । अटो के कती कारणले दुर्घटनामा परेको भन्ने खुलेको छैन।