
असोज १०,कालिकोट। नेपाली काँग्रेस कालिकोटका ९ वटै स्थानिय तहमा सर्वसम्मत पालिका सभापतीको नेतृत्व चयन गरिएको छ ।काँग्रेस नेता दमनबहादुर शाहीका अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य,पलाँता गाउँपालिकामा धीर बम, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई यस भन्दा अगाढीनै सभापतिमा सर्वसम्मत चयन गरिएको थियो।
१४ औं अधिवेशनमा ९ गते वाँकी ६ वटा पालिकामा अधिवेशन उद्घाटन गरि सर्व सहमत नेतृत्व चयन गरिएको बताएका छन ,यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, रास्कोट नगरपालिकामा बिर फर्साल, पचालझरना गाउँपालिकामा प्रर्जापती संज्याल, शान्नि त्रिवेणी गाउँपालिकामा बिरेन्द्र केसी र शुभकालिका गाउँपालिकामा दृर्घबहादुर शाहीलाई सभापतीमा सर्वसम्मत चयन गरिएको छ।
लैङ्गि आधारमा हेर्दा ६ पालिका मध्ये अहिले सम्म स्थान पाएइएको छैन ।साथै कालिकोटमा काँग्रेसले जिल्ला अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ । त्यसका लागि शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटिरहेका छन्।
अव १२ गते दुई वटै प्रदेशको अधिवेशन उद्घाटन हुने जनाएको छ ।९ वटै स्थानिय तहमा पौडे्ल र सिटौला समुहले सभापती आफ्नो पक्षमा बढि रहेको दावि गरेको छ भने, उता देउवा संस्थापन पक्ष देउवा समुहले अहिलेनै कसैको समुहबाट सभापतीमा नरहेको बताएको छ ।९ वटै सभापती नेपाली कांग्रेसबाट निर्वाचन हुन कसेको समुहमा नरहेको जनाएको छ ।
९ वटै पालिकाको सभापतिहरु
१,तिलागुफा नगरपालिका – धिरेन्द्र थापा
२,खाडाचक्र नगरपालिका – भानुभक्त शर्मा आचार्य
३,राष्कोट नगरपालिका – वीर फर्साल
४,पलाता गाउँपालिका – धिर ब.बम
५,पचालझरना गाउँपालिका – प्रजापती संजाल
६,सानी त्रिबेणि गाउँपालिका – बिरेन्द्र के.सि
७,नरहरिनाथ गाउँपालिका – राम ब.बटाला
८,महाबै गाउँपालिका – पुरादी अधिकारी
९,शुभकालिका गाउँपालिका – दिर्घ ब.शाही



karnalipress
१० आश्विन २०७८, आईतवार २२:१२