
असोज २,सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा प्रहरीले जुवा खेलिरहेको ठाउँबाट एक लाख ७४ हजार नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–२, फलाटेबाट ६५ हजार नगदसहित चारजना, वीरेन्द्रनगरकै पवन होटलबाट ३५ हजार सहित ६ जना र न्यूरोडबाट ७४ हजार नगद सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘दशैं र तिहार लगायतका चार्डपर्व नजिकीदै गर्दा वीरेन्द्रनगरमा जुवाडेहरु पनि बढ्न थालेका छन्,’ प्रहरी निरीक्षक कनक शाहीका अनुसार, ‘यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष अभियान नै थालेको छ ।’पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



karnalipress
२ आश्विन २०७८, शनिबार २०:४५