कुलमान घिसिङले बुझे नियुक्ति पत्र

श्रावण २७ काठमाण्डौ – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्ति पत्र दिनुभएको छ ।

घिसिङलाई केही बेरमा नेपाल विद्युत् प्राधिकरणमा स्वागतको कार्यक्रम रहेको छ ।  मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा लैजाने निर्णय गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार शाक्यले हिजो मङ्गलवार प्राधिकरणमा पुगेर अनौपचारिक रूपमा विभागीय प्रमुखलगायतसँग भे