
कार्तिक,२ दैलेख। दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षातका कारण कर्णाली नदिको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो ।
रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताए । कर्णाली नदिमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ ।
बस्ती नै डुवानमा परेपछि स्थानीय नागरिकहरु बिचल्लीमा परेका छन् ।बस्ती नै डुवानमा परेपनि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको स्थानीय बासिन्दाको गुनासो छ।
फाेटाे, by-ज्वाला शन्देस



karnalipress
२ कार्तिक २०७८, मंगलवार २०:०३