आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै दिए एमालेलाई बधाई

जेठ ४,कालिकोट। लेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले पराजय स्वीकार गर्दै आफ्ना प्रतिस्पर्धी एमालेका तर्कबहादुर बडुवाललाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लैख्दै बडुवाललाई बधाई दिएका हुन् । उनले आफ्नो लडाइँ जातसँग नभइ विचारसँग भएका कारण पराजय भोग्नुपरेको बताएका छन् ।

उनले लेखेका छन्– मेरो लडाइँ विचारको थियो,जातसँग थिएन तर भोगियो । अग्रिम बधाई आदरणीय मामा तर्क बडुवाललाई ।’

आठबीस नगरपालिकाका क्षेत्री समूदाय एक भएका कारण चुनाव हार्नुपरेको उनको बुझाइ छ ।