
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीले अस्पताल नपुगी बाटोमै बच्च जन्माएकी छन्। उनलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा लैजान लागिएको थियो। छ घण्टा हिँडेपछि मात्र अस्पताल पुगिन्छ। तर उनले अस्पताल नै नपुगी बाटोमा नै बच्चा जन्माएकी हुन्।
स्वास्थ्य संस्थाको सरल पहुँच नहुँदा नेपालका विभिन्न ठाउँका महिला अझै पनि अस्पतालभन्दा बाहिर बच्चा जन्माउन बाध्य छन्।



karnalipress
१७ श्रावण २०७९, मंगलवार १०:४६