रोकियन बालविवाह

ललित विष्ट असार ५,कालिकोट ।
शुभकालिका गाउँपालिकाकी नानु (परिवर्तित नाम)ले १६ वर्षको उमेरमा सोही गाउँपलिकाका २१ वर्षे युवकसँग विवाह गरिन्। उनले भागेर विवाह गरेकी थिइन्। तर,यति कम उमेरमै विवाह गर्न मन नभए पनि बाध्य बनेको उनले सुनाइन्।

कक्षा ८ मा पढ्दै गरेका बेला नानुलाई ती युवकले मनपराए,र विवाह गर्न कर गर्न थाले । गाउँमा आउने बस्ने गरेका युवकले ति किशोरीलाई विवाह गर्ने सोच गरे । लामो समयको माया पछि उनले विवाहको लागि अनुसोध गरे ।

आमाबुवालाई युवकले विवाहका लागि फकाउने निकै कोशिश गरे,तर अभिभावकले मानेनन्। ६ महिना अघिको घटना सम्झँदै उनले भनिन्, ‘आमाबुवा विवाहका लागि राजी नभएपछि अनेक धम्की दिन थाल्यो । आफूसँग विवाह नगरे आत्म हत्या गर्ने,बेइज्जती गरिदिन्छु भन्यो ।’ धाकधम्कीले डराएकी नानुले कतै उजुरी गर्ने आँट गरिनन्। अन्ततः ‘इज्जत जाने डरले’ त्यही केटासँग २०७९ माघमा भागेर विवाह गरिन्।

नानुले शिक्षालाई प्राथमिकतामा राखेकी थिइन्। विवाहपछि पनि उनको पढाइलाई निरन्तरता दिने दुवैबीच सहमति भएको थियो । तर, विवाहपछि उनी विद्यालय जान पाइनन्। अहिले उनी पोहिली घरमा छिन्। उनी पढ्न नपाएर अशिक्षत भएको बताउन्छिन्। उनले भनिन् ‘शारीरिक र मानसिक यातना बढे्ने रहेछ । सानै उमेरमा विवाह गर्दा धेरै समस्याले सताउने गरेको छ ।

नानुको गाउँमा उनले जस्तै सानै उमेरमा विवाह गर्ने ५ जनाभन्दा बढी बालिका छन्। तीमध्ये अधिकांश बालिका आमा समेत बनिसके । सानै उमेरमा विवाहगर्दा बालिकाहरू शिक्षाबाट वञ्चित हुने,प्रजनन अधिकारबारे बेखबर रहेर स्वास्थ्यमा जोखिम निम्तिने र विभिन्न शारीरिक र मानसिक समस्याको चपेटामा पर्ने गरेका छन्।

गत फागुनमा खाँडाचक्र नगरपालिकाकी किया (परिवर्तित नाम)ले १६ वर्षको उमेरमा शुभकालिका गाउँपालिकाका १६ वर्षिया किशोरीसंग भगेर विवाह गरिन्। किशोर कक्षा १० मा पढ्छन्। ति किशोरी कमजोर आर्थिक अवस्थाका कारण दुःखमा हुर्केकी उनी सुखले बस्न र खान पाउने आशामा १६ वर्षमै विवाह गरिन्। अहिले शिक्षाबाट बनचित भएकी छन् । उनका श्रीमानले आफ्नो पढाईलाई निरन्तरता दिए पनी कियाले पढ्न पाएकि छैनन्। उनको घरपरिवार पनी पढाउने सोचमा छैनन्।

कालिकोटकै नरहरिनाथ गाउँपालिकाकी एक किशोरी मुना (परिवर्तित नाम)ले पनि कक्षा १० मा पढ्ने क्रममा दैलेखका युवकसंग प्रेम सम्बन्ध भयो । केही समयको सम्बन्ध पछि उनीहरुले भागेर विवाह गरे । केटाको परिवारले २० वर्ष पुगेपछि विवाह गर्ने सुझाव तर उनीहरुले नमानेपछि विवाह भयो । अहिले उनीहरुको छोरा जन्मिएको छ ।

विवाहपछि दुवै जनाको पढाइ छुट्यो । छोरा पनि जन्मियो । कम उमेरमा विवाह गर्दा घर–परिवार व्यवस्थापन गर्न गाह्रो परेको र तनावका कारण श्रीमान् कुलतमा फसेको उनले सुनाइन्। उनी भन्छिन्, ‘जसरी हामीले सानै उमेरमा विवाह गरेर दुःख पायौं, त्यसरी कसैले पनि दुःख नपाओस्।’ सान्नीत्रिवेणी गाउँपालिककी किशोरीले खाँडाचक्रका किशोर संग भागेर विवाह गरिन्। उनको विवाह गउँकाले समाधन गरे ।

अहिले पनी कालिकोट जिल्लामा भागेर,मागेर, रुरीवाधी सोचले सानै उमेरमा विवाह गरेका किशोर किशोरी धेरै रहेका छन्,। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आर्थिक वर्ष २०७९/८० चार वटा बालविवाहको मुद्दा दर्ता भएको प्रहरी प्रमुख जयश्वर रिमालले बताए । उनले भने ‘धेरै जसो बाल विवाह भएको खबर प्रहरीकहा आउन्छ । प्रहरी घटना स्थानमा जादा सार्थीको घरमा घुम्न आएको,विवाह नगरेकोलगाएता कुराले प्रहरी फर्कने गरेको छ ।’ अहिले पनी प्रहरी कहाँ खबर आए अनुसार धेरैले गाउँमा विवाह गर्ने गरेको पाहिन्छ । उनले भने । प्रहरी कहाँ धेरै उजुरी नआउनुको कारण अविभावकले आफ्नै छोराछोरीलाई थुनामा राख्न न चाहानु,बाल विवाह गरेको थाहापाएकाहरुले दुस्मन गर्न नचाहनु जस्ता कारणले प्रहरी कहाँ कम जाहेरी आउने गरेको बताए ।

मुद्दा दर्ता भएका बालविवाह सान्नीत्रिवेणी गाउँपालिकाको दुइ वटा, पलाँता गाउँपालिकाको एक वटा नरहरिनाथा गाउापालिकाको एक गरी चार बालविवाह भएका छन्।

  जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनी बढेको छ। आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० ७ १६ जनाले २० वर्ष नपेगेरै बच्चा जन्माएका छन् । यस्तै माघ देखि हाल सम्म ३ सय २९ जनाले २० वार्ष मुनिका छन्।

समाजमै गुपचुप राख्ने प्रवृत्ति
नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ । कसैले २० वर्ष उमेर नपुगी विवाह ग¥यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यद्यपि गाउँ–समाजमा बालविवाह रोकिन सकेको छैन।
गाउँमा बालविवाह भयो भने अविभावकले आफ्नै छोराछोरीलाई थुनामा राख्न न चाहानु,बाल विवाह गरेको थाहापाएकाहरुले दुस्मन गर्न नचाहनु जस्ता कारणले समाजमै गुपचुप राख्ने प्रवृति बढेको छ ।

कानुनभन्दा सचेतनामा जोड
सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यका साथ सरकारले ल्याएको ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ कार्यान्वयनमा छ । केन्द्र देखि स्थानीय तहसम्म बालमैत्री शासनको अवधारणा अघि सारिएको छ । तर, बालविवाहलाई अन्त्य गर्न सरकारले कानुन र यस्ता सरकारी लक्ष्य लिएर मात्रै पुग्दैन ।

कालिकोटमा अहिले धेरै गैर संरकारी संथाहरुले बालविवह रोक्न धेरै कार्यक्रम गर्ने गरेका छन्। तर बाल विवाह रोकिएको छैन। प्लान ईन्टर नेश्नल नेपालको तथ्याङक अनुसार कालिकोटमा ५१ प्रतिसद बालविवह रोनिएको जनाएको छ ।

कानूनले बालविवाहलाई गैरकानूनी माने पनि गाउँ–समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका कारण उनीहरूको जीवन नै बर्बाद भइरहेको छ ।