कालीकोटमा एमाले नफुटेको अध्यक्ष शाहीको दावी,

भाद्र १२,कालीकोट। नेपाल कम्युनिष्ट पाटी नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही नेस्नलले कालिकोटमा नेकपा एमाले नफुटेको बताउनुभएको छ । पार्टीबाट केहि जना चोईटिएर जादा पार्टीलाई कुनैपनि फरक नपर्ने बताउनुभयो ।

उहाले एकिकृत नेकपा समाजबादि पार्टीका केहि जिल्लाका नेताहरुलाई लालगद्धारको संज्ञा दिनुभएको छ । केहि जिल्ला कमिटि सदस्यहरु चोईटिएर गएको र बहुमत सदस्यहरुसंख्या एमालेमै रहेको दाबि गर्नुभयो । ६९ जनाको जिल्ला कमिटिबाट १८ जना एकिकृत नेकपा समाजबादीमा लागेको बताउनुभयो ।

आउने महादिबेसनमा अनिबारे पराजित हुने र पार्टी अध्यक्ष हुन नपाईने भयो भन्दै माधब कुमार नेपालले अध्यक्ष हुनका लागि अर्को पार्टी दर्ता गरेको बताउनुभयो ।साथै कर्णाली प्रदेशका कृर्षि सहकारि मन्त्री माननिय कुर्माराज शाहीले जनताले दिइएको भोटलाइ लात हानेको बताउनुभयो कहिले जनताबाट पैसा मागेको आरोप कहिले बलात्कारको आरोप लाग्ने गरेकाले उँहाले छिटै पदबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने वताउनुभयो ।

नेकपा एमाले खाडाँचक्र नगरकमिटिले शुक्रबार आयोजना गरेको नगरकमिटीको बैठककलाई सम्बोधन गर्दै उँहाले सोकुरा बताउनुभएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिब एवंम खाँडाचक्र नगरकमिटी अध्यक्ष तुलाराज मल्लको अध्यक्षता तथा जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही नेस्नलको प्रमुख आथित्यता रहेको कार्यक्रममा जिल्ला कमिटि सदस्य ,नगरकमिटीका सदस्यहरु ,एमाले भातृ संगठनका पदाधिकारीहरुको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको संचालन खाँडाचक्र नगरकमिटिका सचिब पुष्पराज गिरीले गर्नुु भएको थियो  । त्यस्तै खाँडाचक्र नगरपालीका वडानं। १ कमिटीका सबै सदस्यहरु एमालेमै रहेको पाईएको छ । पुर्ब नेपाल कम्युनिष्ट पाटी नेकपा अलग भएपश्चात नगरकमिटीमा सिफारिस भएका ५ जना सबै एमालेमै रहेको पाइएको छ र २९ सदसिय वडा कमिटिका सबै सदस्यहरु एमालेमै रहेको एमाले वडा कमिटि सदस्य धर्मराज ताम्राकारले जनाकारी दिनुभयो ।