
प्रेमराज सिम्खडा फागुन २८,कालीकोट। जिल्लाको तिलागुफा नगरपालिका वडान ३ का लौके दमाईको भिरवाट लढेर निधन भएको छ । कर्णालीको चरचित हुड्के नाचका कलाकार ६२ बर्षिय लौके दमाईको कामखेद भिरवाट लढेर निधन भएको उहाँको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
नेपाल मजदुरकिसान पार्टीका जिल्ला कमिटि सदस्य समेत रहनुभएका हुड्के कलाकार दमाईको निधनले सिङगो हुड्केउली क्षेत्रमा क्षती पुगेको छ । नेकपा माओबादी केन्द्रका नेता महेन्द्र बहादुर शाहिले यतिको कला भएको हुड्के कालाकार, राजनितिमा पनि त्यतिकै सक्रिय रहेको कलाकार उत्पादन हुन निकै समय लाग्ने बताउनुभयो । उहाँले कला र गलाको धनी मात्र नभएर दलित पिछडियको क्षेत्रको बलियो नेता गुमाउदा गाउँ नै स्तब्ध भएको बताउनुभयो ।
नेता शाहिले जनताको, समाज र वर्गको आवाज वोल्ने कुसल कलाकारलाई गुमाउदा कालीकोटका नागरिक दुखि भएको आफुपनि निकै दुखि भयको सुनाउनुभयो । हुड्के कलाकार दर्जिले कालीकोट सगै जुम्ला, मुगु, हुम्ला, दैलेख जाजरकोट लगायतका जिल्लामा गएर बिवाह,छोरा छोरी जन्मिदा, र सरकारी क्षेत्रमा प्रवेश गर्दा खुसियालीका लागि नचाउने हुड्के नाँचमा समेत भाग लिने गर्नुभएको थियो ।
उहाँ २०५४ सालको स्थानिय चुनावमा नेपालमजदुर किसानपार्टीवाट वडा अध्यक्षमा निर्वाचित भयर समाजसेवामा पनि त्यतीकै सक्रिय रहनु भएको थियो । कलाकार लौके दर्जि पार्टीको कार्यक्रमा सहभागी हुन तिलागुफा नगरपालिका वडा न ९ मा सहभागी हुन जाने क्रममा भिरवाट लढेर निधन भएको नेपाल मजदुर किसान पार्टीले जनाएको छ।
नेमकिपाकाका जिल्ला अध्यक्ष खड्गराज शाहिले हाफ्नो पार्टीको होनार नेता गुमाएको भन्दै देख ब्यक्त गर्नुभयो । कलाकार दर्जिको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ ।
karnalipress
२८ फाल्गुन २०७८, शनिबार २०:३५