गुपचुपमा स्वास्थ्यकाे जिल्ला स्तरीय बार्षिक समीक्षा

कालिकाेट : स्वास्थ्य सेवा कार्यालय कालिकाेटले गुपचुपमा जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूकाे समीक्षा गुपचुपमा गरेकाे छ । कार्यालयले जिल्ला स्थित एक हाेटलकाे सभाहलमा जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न गरेकाे हाे ।

केही दिन अगाडि सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले आयाेजना गरेकाे स्वास्थ्य प्रबर्द्धन सम्बन्धि पत्रकार र सराेकारवालाहरू बीचकाे अन्तरक्रिया कार्यक्रममा सार्वजनिक रूपमा समीक्षा गर्ने प्रतिवद्दता जनाएकाे स्वास्थ्य सेवा कार्यालयले गुपचुपमा, कसैलाई जानकारी नदिएरै बार्षिक समीक्षा सम्पन्न गरेकाे छ ।

समिक्षामा स्वास्थ्य सम्बन्धि राम्राे काम गरेका स्थानिय तह र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएकाे छ ।