
असोज २,जुम्ला। कर्णाली राजमार्ग अन्तर्गतको सिम्लेखोलामा हिलोका कारण गाडी जाम हुँदा यात्रुले निक्कै सास्ती भाेग्नु परेकाे छ ।सिम्लेखोलामा पुल निर्माण भए पनि कालोपत्रे नभएपछि हिलाे जमेका कारण गाडी पास हुन घण्टाैँ लाग्ने गरेकाे छ । लगातार हप्ता दिनदेखि गाडी जाम भएपछि यात्रु अलपत्र परेका छन्।
उकालोमा गाडी पास हुन नसक्दा यात्रुहरुले दुई दिनभर कुर्नुपरेको ममता नेपालीले बताउनु भयाे ।नेपालीले सोमवार सिम्ले खोलामा ३ घण्टापछि मात्रै आफूहरु चढेको गाडी पास भएको बताउनु भयाे । फाेन सम्पर्क समेत हुन नसकेका कारण खाना खाजाकाे व्यवस्था गर्न गाह्राे भएकाे उहाँले गुनासाे गर्नु भयाे।
निर्माण व्यवसायीले समयमा काम नगर्दा याे क्षेत्रमा गाडी आवतजावतमा निक्कै कठिनाइ भएकाे छ।डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले याे क्षेत्रसहित दुई/तीन ठाउँमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले काम नगरिदिँदा समस्या भएकाे बताउनु भयाे । उहाँले कामकाे जिम्मा लिएका ठेकेदारलाई समयमा काम नसकिए कालाेसूचीमा राख्ने बताउनु भएकाे छ ।
ट्र्याक्टरले गाडी तान्दै

सिम्लेखोलासहित खल्लागाड, बाली जस्ता क्षेत्रमा पनि यस्तै समस्या रहेकाे छ । याे क्षेत्रमा दैनिक २० भन्दा बढी गाडी ट्र्याक्टर, डाेजरले तानेर पास गराउने गरेका छन् । ट्र्याक्टरले ओसारेबापत प्रति गाडी पाँच सय रुपैयाँ अशुल्दै आएका छन् ।
बाटो बिग्रेपछि औषधि बाेकेका आकस्मिक गाडीहरु समेत तीन घण्टा बढी जाममै थन्किने गरेका छन्by-ujyaalo



karnalipress
२ आश्विन २०७८, शनिबार १६:१७