क्यान महासंघ कालिकोटको बार्षिक साधारण सभा सम्पन्न

मनिराज पाण्डे असोज ११,कालिकोट। कम्प्युटर एशोसियसन नेपाल कालिकोटको प्रथम बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । तदर्थ समिति संयोजक मनिराज पाण्डेको संयोजकत्वमा भएको प्रथम बार्षिक साधारण सभाले ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

क्यान महासंघका केन्द्रिय उपाध्यक्ष रणजित कुमार पोदारको प्रमुख आतित्थ्यतामा क्यान महासंघका केन्द्रीय सदस्य भिम मल्लको बिषेश आतित्थ्यता र प्रदेश अध्यक्ष प्रेम प्रकास चन्द्र संगको समन्वयमा साधारण सभा सम्पन्न भएको हो ।

क्यान कालिकोटको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र सदस्यमा क्रमश मनिराज पाण्डे,हस्त बहादुर शाही, पवन बम, देविसरा चपाँई, हिरामणी चौलागाई,भुपेन्द्र मल्ल, पुर्ण बहादुर बम, रिता आर्चाय र गोबिन्द्र पुरा रहेको समिति चयन गरेको छ ।

समतिले कालिकोटमा सूचना संचार र प्रबिधिका क्षेत्रका देखिएका समस्या समाधानका लागि सम्बन्धीत निकाय संग आवश्यक छलफल तथा निति निर्माणमा सहयोग गर्ने छ ।