निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२३ मंसिर,कालीकोट। निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश र सुपथ मेडिकल हल सुर्खेतको सहयोगमा विहिबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको हो।

बिहिबार जिल्ला प्रहरी कार्यालय कालीकोटको सहजिकरणमा सञ्चालन गरिएको शिविरमा प्रहरी,पुर्व प्रहरीका परिवार,जिल्ला कारागारका कैदि बन्दी गरी जम्मा २४७ जनाले सेवा लिएको प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनु भयो ।

उहाका अनुसार स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतबाट विशेषयज्ञ डाक्टर सहित चार जनाको टोलीले स्वास्थ्य चेकजाँच गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको आतिथ्यमा सुरु भएको स्वास्थ्य शिविरमा पत्रकार,सुरक्षाकर्मीकाे सहभागीता रहेको थियो।

उक्त निःशुल्क स्वास्थ्य शिविर याे भन्दा पहिला मंसिर २० गते मुगुमा सम्पन्न भएको थियो।