चरीत्र हत्या गरी मन्त्रीसँग नाम जोडिएकी महिलाद्वारा आत्महत्याको चेतावनी

भाद्र ७,सुर्खेत  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै एक महिलाले आत्महत्या गर्ने चेतावनी दिएकी छन्।

मिमसरा महतारा नामकी एकजना महिलाले मन्त्री शाहीतर्फ इंगित गर्दै आइतबार राती सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो चरित्र हत्या गर्न खोज्ने मिडियाको नाममा पत्र लेखेर आत्महत्या गरिदिने चेतावनी दिएकी हुन्।

उनले लेखेकी छन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ यो सरासरी गलत हो र मेरो व्यक्तिगत जीवनमा कसैले चरीत्र हत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु र सोही मिडिया जबाफदेही हुनेछ।’