
ललित बिष्ट भाद्र २७,दैलेखः दैलेख जिल्लाको आठबिस नगरपालिका आफैमा पनि सुन्दर र रमणीय ठाउँ हो। नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली,पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा मर्जगरी ९ वटा वडामा विभाजन गरी आठवीस नगरपालिकाको नामाकरण गरीएको नगरपालिका हो ।
कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको आठबिस नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तहको रुपमा चिनिन्छ।
कर्णाली नदी किनाराको बस्ती, खोलानाला,रमणिय र उच्च लेकालि क्षेत्र, स्वच्छ हावा,पानी,रमणीय वातावरण रहेको यस नगरपालिका भित्र स्रोत साधनको लगानीवाट बिकास र समृद्धिलाई जोडेन सकिएको छैन् । नगरपालिकामा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा पनि बिकास हुन सकिरहेको छैन् ।भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा रहेको देख्न सकिन्छ।
वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंख्या २९ हजार २ सय २७ रहेको पाईन्छ । आठबिस नगरपालिका भित्र कुल जमिनको ७७.३२ प्रतिशत अर्थात १२ हजार ९ सय ८९ दशमलब ५४ हेक्टर भुभाग बनजंगलले ढाकेको छ।भौगोलिक हिसाबले बिकट नगरपालिकाको धेरै जनसंख्या कृषि पेशामा आभद छन्




karnalipress
२७ भाद्र २०७८, आईतवार ११:५७