खाँडाचक्र नगरमा नेकपा(एस)को मेयर र उपमेयरमा उम्मेदवार सिफारिस

बैशाख ६,कालिकोट।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खाँडाचक्र नगरकमिटीले २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मेयर र उपमेयरमा उम्मेदवार चयन गरेको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपाध्यक्ष कमल बहादुर शाही र उपमेयरमा युवा संघ नेपाल केन्द्रीय स्थाइ कमिटी सदस्य आशा शाहीलाई नेकपा(एस)ले  उम्मेदवार चयन गरेको हो।

मंगलवार बसेको खाँडाचक्र नगर कमिटिको बैठकबाट बैशाख ३० गते हुने चुनावको उम्मेदवा चयन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनावमा नगरप्रमुखका उम्मेदवार कमल बहादुर शाही  उपमेयरका उम्मेदवार आशा शाही सिफारिस भएका छन्।