कालेखोलामा पहिरो एक जना घाइते

भाद्र ९ ,कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत  शुभकालीका गाउँपालिका १ कालेखोलामा मंगलबार  गएकाे पहिरोमा परि २५ वर्षीया विमला सुनार  घाइते  हुनुभएको छ।

राजमार्ग माथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि सुर्खेत पठाएको  जिल्ला प्रहरी कार्यालय कालीकोटका  सुचना अधिकारी भुपेन्द शाहीले जानकारी  दिनुभयो ।

घाइते सुनारको दुईवटा खुट्टा ढुङ्गाले च्यापिएर काम नलाग्ने  भएको जेठाजु जाेमान सिंह  सुनारले बताउनुभयो ।