अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालिकोट ।तिन दिन देखिकाे अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ।लगातार वर्षाले अबरुद्ध  भएको राजमार्ग  शुक्रबारदेखि पुर्णरुपमा खुलेको हाे।

वर्षातले यो सडकका विभिन्न खण्डमा पहिरो जाँदा यात्रु र सवारी चालकहरुले तीन दिनदेखी सास्ती खेपिरहेका थिए । कालिकोटको पिली र शेरीघाटमा वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भए थियो ।

सडक डिभिजन कार्यालय जुम्मलाकाे डोजरले नसकेपछि राजमार्ग खुलाउन ड्रिल मेसिन लगाएर बिस्पाेट गरी ढुङगा फुटाई सडक सुचारु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।