
भाद्र,९ कालिकोट। कालीकोटको रास्कोट न पा वडा न ३ एक महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरद्वारा उद्वार गरिएको छ । मँगलवार सुत्केरी ब्याथा लागेपछि सेराचौर स्वास्थ्यचौकिमा भर्ना गरियो , त्यहाँ पनि सुत्केरी हुन नसक्दा रास्कोट अस्पताल रेफर गरिएको थियो ।
रास्कोट अस्पताल समेत सुत्केरी गराउन नसकिने भन्दै स्वास्थ्यक्रमीले अन्यत्र लैजान भनेपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको छ । नगरको वडा न घ कि सँगिता सार्किलाई उद्वार गरिएको हो ।
सगिताको यो पहिलो गर्भ हो । ब्याथाले च्यापेपछि हेलिकोप्टर वोलाउनु परेको जिल्ला प्रशासन कार्यलय कालीकोटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले रास्कोटका उपप्रमुखले आफुलाई खवर गरेलगतै हेलिकोप्टरको ब्यवस्था गरेर महिलाको उद्वार गरिएको पुष्टि गर्नु भयो ।
स्थानिय शिक्षक देवराज चौलागाईले रास्कोटका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सबैको जोडले गरिव परिवारकि महिलाको हेलिकोप्टरवाट उद्वार भएको वताउनुभयो । उहाँले पहिला पहुचवालाहरूका लागि मात्र प्रयोग हुँदै आएको हवाई उद्वार सेवा अब गरिवका लागि पनि भएको वताउनुभयो ।
रास्कोटका उपप्रमुख मिम्सरा बम काठमाण्डौमै भएकाले पनि संगिता सार्कीको छिटो उद्वार भएको हो । कालीकोटवाट प्रजिअको जोड र काठमाण्डौमा उपप्रमुख भएकाले समन्वय गर्न सहज हुदा समयमै महिलाको उद्वार गरिएको पाईएको छ । सगिताका श्रीमान जङगे सार्किले सबैको सहयोगले आफ्नो श्रीमतीको ज्यान जोगिने आसा गरेको वताउनुभयो ।
karnalipress
९ भाद्र २०७८, बुधबार १९:३७