
श्रावण २९,वीरेन्द्रनगर,सुर्खेतः करिब पाँच दशकदेखि नेपालमा क्रियाशील प्लान इन्टरनेशनल नेपालले सन् २०२३ सम्म ५ लाख किशोरी सँग पुग्ने लक्ष्य राखेको छ । दुर्गम तथा पिछडिएको क्षेत्रमा शिक्षा, बालअधिकार,लैंगिक समानता,जीविकोपार्जन तथा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लानलेले विभिन्न साझेदार संस्थामार्फत अबको एक वर्ष भित्र नेपालका ५ लाख किशोरीलाई विभिन्न सहयोग पुर्याउने जनाएको छ ।
कर्णाली प्रदेशका माननिय सामाजिक विकास मन्त्रीयज्ञ बहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ । कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो ।
माननिय यज्ञ बहादुर बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुर दराजमा रहेका मानिसको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्रारम्भिक बालविकासको कार्यक्रमले भविष्यमा कर्णालीका बालबालिकालाई आत्मनिर्भर भई समृद्धितर्फ उन्मूख बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, बालबालिका तथा किशोरीविरुद्घ हुने विभिन्न प्रकारका हिंसाबाट बच्न समेत सहयोग गर्ने बताउनु भयो ।
प्लान इन्टरनेशनल नेपालले आफ्ना साझेदार संस्थासँगको सहकार्यमा खेलेको भूमिका उदाहरणीय रहेको तथा यसका विविध कार्यक्रममा प्रदेश सरकारको सहयोग सधैंव रहने र सहकार्यका लागितत्पर रहेको जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिवश्री कृष्ण प्रसाद काप्रिज्यूले सरकार र गैर सरकारी संस्थाको एउटै साझा उद्देश्य रहेको र सो उद्देश्य प्राप्तिका लागि प्लान इन्टरनेशनल नेपालले शिक्षा, संरक्षण, प्रारम्भिक बालविकास, युवा स-शक्तिकरण, खानेपानी तथा सरसफाइ, कोभिड रेस्पोन्स कार्यक्रम, लगायतमा साझेदार संस्थासगँ मिलेर दिगो विकासको लक्ष्यप्राप्तिकालागि सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।
सबै बालबालिका समक्ष समावेशीतथा लैङ्गिक मैत्री शिक्षाको पहुँच अझ पनि नपुगी रहेको अवस्थामा शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि अझविशेष कार्यक्रम सञ्चालन गर्न पनिअनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा सहभागीहरु लेप्लान इन्टरनेशनलले कर्णालीका विभिन्न १५ वटा स्थानिय तहमाकार्य गरिरहेकोमा यसको कार्य क्षेत्र बढाउन आग्रह गर्नु भयो ।कार्यक्रमा अतिथिहरुबाट आएका जिज्ञासाको सम्बोधन प्लान इन्टरनेशनल नेपालका क्षेत्रिय कार्यालय पश्चिमका प्रमूख मीना पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले प्लान इन्टरनेशनल नेपालको देशको रणनिति, नेपाल सरकारको निति तथा कार्यक्रममा आधारित रहेर निमार्ण तथा कार्यान्वयन गर्ने जानकारी दिनु भयो ।
कोभिडको महामारिका बेलाप्लान इन्टरनेशनल नेपालले स्वास्थ्य संस्थाको सहयोगमा कोभिड भ्याक्सिन प्रयोगका लागि गरेको जनचेतनामूलक कार्यक्रमलगायत अन्य कार्यक्रमहरुलाई सरकारका विभिन्न निकायले गर्ने प्रशंसाले परिणाम मूखि कार्य गर्न प्रोत्साहन गरेको बताउनु भयो । त्यसैगरी, नेपाल सरकारको मोडेल अनुसार शिक्षकतालिम सञ्चालन तथा कर्णाली प्रदेशमा शिक्षामा सूचना, सञ्चार र प्रविधिको प्रयोगगर्दै आईसिटी वर्षको रुपमा सञ्चालन गर्ने बताउनु भयो ।
यि सबै परिणाममूखि उपलब्धि हासिल गर्न साझेदार संस्थाको भूमिकातथा नेपाल सरकारको प्रोत्साहन महत्वपूर्ण रहेका बताउनु भयो ।यसकालागि साझेदार संस्थालगायत संघिय, प्रादेशिक तथा स्थानिय सरकारलाई धन्यवाददिदै आगामि दिनमा पनि विगतकावर्ष जस्तै सबै निकायसँग सहकार्य र सहयोगको अपेक्षा राखेको तथासधैंव नेपाल सरकारको सहयोगीनिकायका रुपमाकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा प्लान इन्टरनेशनलको क्षेत्रिय कार्यालय सुर्खेका कार्यक्रम विशेषज्ञहरुले प्रारम्भिक बालविकास, बाल संरक्षण, बालविवाह, छिटो विवाहतथा जबरजस्ति गरिने विवाह, नेतृत्वतथा निर्णय जसमा किशोरी तथा युवामहिलाहरुको नेतृत्वतथा निर्णयको अधिकार, समावेशी तथा लैङ्गिक रुपातरण मुखी शिक्षाकाबारेमा जानकारी दिनुभएको थियो । २०२३ सम्म ५ लाखकिशोरी सम्क्षपुग्ने योजनालगायतकाबारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रालय, आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सामाजिक विकास मन्त्रालयका महाशाखा,शाखा,शिक्षाविकास निर्देशनालय, योजनाआयोग, मानव संशाधनविकास केन्द्र आदीको उपस्थिति रहेको थियो ।
प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार र किशोरीहरुको समानताकालागि क्रियाशील विकास र मानवीय सहायता सम्बन्धि संस्था हो । प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा पिछडिएका बालबालिका, उनीहरुका परिवार र समुदायकालागि शिक्षा, जीवनयापन, संरक्षण र सहभागितामा उनीहरुको अधिकारको पहुँच दिलाउन कामगर्दै आएको छ । स्थानीय साझेदार र सरोकारवाला सँगको समन्वयमा संस्थाले अहिले नेपालका १२ वटा जिल्लामाकाम गरिरहेको छ ।







karnalipress
२९ श्रावण २०७९, आईतवार १६:४४