अस्पताल बिकास समितिको ४४ लाख वढी वचत, 

माघ ११,मान्म । कालीकोटको अस्पतालमा आन्तरिक वचत ४४ लाख रहेको छ । अस्पताल बिकास समितिको खातामा बिभिन्न श्रोतवाट जम्मा भएको ४४ लाख ५७ हजार ९८७ रुपिया रहेको लेखा शाखाले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका लेखाअधिकृत मुनवहादुर रावतले आफु हाजिर भएपछि इलेक्टोनिक बिलिङ्ग प्रर्णाली सुरु गरेको र बिकास समितिको खातावाट चुवाओट हुने पुरै ढोका वन्द गरेकाले अस्पतालको आन्तरिक श्रोतमा बृद्धी आएको वताउनुभयो ।

आज गएको आर्थिक वर्ष २०७७/०७८ को प्रर्गती समिक्षा तथा पत्रकारसंगको अन्तरक्रियामा लेखाको प्रतिवेदन सार्वजनिक गदै आघिल्लो आर्थिक वर्षको ९ लाख २ हजार वाट बृद्धी गराएर ४४ लाख ५७ हजार ९८७ रुपिया वचत रहेको जानकारी गराउनुभयो । उहाँले समितिले सञ्चालन गरेको औषधी पसल, बिरामीवाट लिने समान्य सेवा र केही भेन्टीलेटर खरिद गर्दा वचेको श्रोतलाई जम्मा गर्दा आन्तरिक श्रोत वढेको जानकारी दिनुभयो ।

यस भन्दा अगाडी सापटी लिने, दिने, औषधी खरिद गर्दा खासै चासो नदिने, बिल हातले काट्ने गरेकाले श्रोत हिनामिना हुने गरेको भन्दै सबै सिस्टममा ल्याउदा र खरिद गर्दा समेत बिद्युतिय बिज्ञापन प्रणाली लागु गर्दा सबै क्षेत्रमा सुधार भएको लेखा शाखाको बिश्वास छ । अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले आर्थिक बर्ष २०७७/०७८ को समिक्षा तथा २०७८/०७९ मा गरिने काम र क्रियाकलाप बारे जानकारी गराउन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

साथै महतले कालिकोटको स्वास्थ अबस्था बारे पत्रकारलाई स्वास्थ सम्बन्धि जानकारी गराई समुदायमा सहि सुचना तथा सन्देश प्रवाह गरि समुदायमा स्वास्थ सम्बन्धि चेतना अभिबृदी गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको वताउनुभयो । स्वास्थ सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ व्यवस्थापक डाक्टर रत्नविर सुनारले स्वास्थ्य क्षेत्रका मुख्य चुनौती तथा गत बर्ष यताको प्रगति समीक्षा बारे सहभागीलाई जानकारी गराउनुभयो । न्युनतम सेवा मापदण्डको अबस्था,बार्षिक वित्तीय तर्फको प्रगती लगायत विभिन्न क्रियाकलाप बारे जानकारी प्रमुख सुनारले जानकारी गराउनुभयो ।

मेडिकल अधिकृत किरण शाहीले स्वास्थ सेवा कार्यालय कालिकोटको भौतिक तथा पुर्वाधार बिकास,कर्मचारीहरुको विवरण तथा औजार उपकरण बारे पत्रकारहरुलाई जानकारी गराउनुभयो । जनस्वास्थ्य अधिकृत गौरा घर्ती मगरले हाल सम्मको कालिकोटमा कोभिड अबस्था बारे जानकारी गराउदै यस जिल्लामा कोरोनाको पहिलो चरण देखि हाल सम्म र गत चौबिस घण्टा सम्म २ हजार ,४ सय,४१ जनामा कोरोना संक्रमण देखिएको बताईन् । पहिलो चरण देखि गत चौबिस घण्टा सम्म २ हजार,२ सय ,३० जना निको भयर घर गएका छन् ।

कालिकोटमा कोभिडका कारण हाल सम्म ७ जनाको मुत्यु भएको छ । अस्पताल क्षेत्रमा आईपरेका समस्या र समाधानका बिषयमा पत्रकारहरु संग दोहोरो छलफल र आयका चुनौतीहरुको बिषयमा छलफल गरिएको छ । कार्यक्रमको संचालन हेमराज बमले गर्नु भएको हो ।

यसै बिच स्वास्थ्य सेवा कार्यालय कालीकोटले बिगत एक वर्ष देखि अस्पताल बिकास समिति नहुदा आफुहरुलाई काम गर्न समस्या हुदै आएको जनाएको छ ।