
बैशाख २१,कालिकोट । निर्माण व्यवसायी ताराकुमारी शाहले दैलेखकी समानुपातिक सांसद सूयकुमारी श्रेष्ठले आफ्नो चरित्र हत्या गरेको बताएकी छन्। साँसद श्रेष्ठले सम्माननिय संसदमा आफ्नो बदनाम हुने अभिव्यक्त माननियले संसदमा दिएको बताइन्। अघिल्लो आर्थिक वर्षमा सम्पन्न नारायण नगरपालिकाको बजारदेखि श्रीस्थान जाने सडक निमार्णको कुरा नबुझेर सदनमा उठाएको प्रति आफ्नो गम्भिरध्याकर्षण भएको शाहले बताइन्। माननियजस्तो मान्छेले सत्य तथ्य नबुझेर संसदमा बोल्न नहुने कुरा बोलेकाले आफु कानुनी रुपमा अगाडि बड्ने शाहले जानकारी दिइन्।
गाल्वा-क्याराभान-सुपर स्टार जे.भिले भवन डिभिजन कार्यालय सुर्खेतबाट ३ करोडको लागतमा दैलेख बजारबाट श्रीस्थान जाने सडकको ठेक्का लिएको थियो । कार्य सम्पन्न भइसकेको कुरालाई करिव ३ वर्षपछि सांसद श्रेष्ठले संसदमा कुरा उठाएर आफ्नो चरीत्र हत्या गरेको शाहले बताइन् । उनले कानुनि निकायमा नगएर भवन डिभिजन कार्यालयसंग नबुझेरै आफ्नो चरीत्र हत्या गरेको शाहले बताइन् ।
निर्माण व्यवसायी शाहले ३ करोडमा सडकमा आरसीसी गर्ने, नालि बनाउने, जालि भर्ने र ४ सय मिटर भन्दा बढी डिपेस्टी पीचको काम गरेको बताइन् । उनले आफ्नो कम्पनीले गुणस्तरी काम नगरेको भए कार्यालयले भुक्तानी नदिनुपर्ने तर्क गरिन् । उनले भनिन्, ‘सरकारले दिएको डिजाइन र स्टेटमेन्ट अनुसार निर्माण कार्य सकेर आफ्नो दायित्व पुरा गरि सकेको आयोजना हो । संसदजस्ता गरिमामय सदमा कुनै कुराको अध्ययन नगरिी यस्तो अभिव्यक्ति दिने सांसद ज्यूले बोलेका कुराप्रति घोर निन्दा गर्दछु ।’
उनले भनेकी छन्, ‘यस्ता साँसदलाई पाटीले सिफारिस गरेर संसदीय व्यवस्थाको धज्जी उडाएको छ ।’ शाहले माननियले संसदमा बोलेको कुरा प्रमाणीत गर्न सके आफ्नो जस्तो सुकै कार्वाही भोग्न तयार रहेको प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘माननियले संसदमा बोलेका कुरा प्रमाणीत गर्नपर्यो होइन भने साँसद हुँ भन्दैमा संसदमा जे पनि बोल्न पाइन्छ ।’
माननिय सूयकुमारी श्रेष्ठका विरुद्धमा आफु कानुनी रुपमा अगाडि बढ्ने शाहले बताइन् । उनले आफुले कानुनी रुपमा अदालत जाने तयारी गरेको बताइन् । अहिले कानुन व्यवसायीसंग संल्लाह गरिरहेकी छु, म कानुनी रुपमा अदालत जान्छु शाहले भनिन् । शाहले थपिन् त्यहाका मान्छेले करीब २००० बोरा सिमेन्ट चोरेर लगे, गिट्टी राखेको ठाऊमा पनी राखे बापतको पैसा पनी निर्माण कम्पनीले तिरेको काम गर्न न दिन ठुलो हतकन्डा मच्चाय को ले काम अबरोध का बाबजुत पनी ऊक्त निर्माण सम्पन्न गरेको हुँ ।
सत्य तथ्य नबुझेरै माननीय बोलिन्
भवन डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख डिई अम्मरबहादुर थापाले सत्य तथ्य नबुझेरै माननियले संसदमा कुरा उठाएको बताए । उनले माननियले सडक निर्माणका लागि कुन र कहाँबाट रकम बिनियोजना भएर सडक निमार्ण कार्य भएको भनेर पनि थाहाँ नपाएर संसदमा बोलेको बताए । उनले उक्त सडकमा पीच नबस्ने भएर स्टेटमेन्ट परिवर्तन गरि आरसीसी गरेर सडक निमार्ण कार्य सम्पन्न गरि सकेको बताए ।
कार्यालय प्रमुख थापाले यदि लगत भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुहरुलाई कार्वाही गरिसक्ने जनाए । उनले भने, ‘अहिले संसदमा माननियले जे बोल्नु भएको छ गलत बोल्नु भएको छ ।’
संघिय कार्यालयबाट आएको बजेटलाई माननियले प्रदेशबाट भनेर संसदमा बोल्दा सुरुमै गलत बोलेको कार्यालय प्रमुख थापाले बताए । कार्यलय प्रमुख थापाले यदी गुणस्तरीय काम न भएमा सरोकारवाला निकाय र सम्बन्धित रकम बिनियोजन गर्ने अफिस संग कुनै जानकारी नलिई सदनमा बाेलेकाे बताए ।
साँसद श्रेष्ठले कामदारले काम गरेको रकम नपाएको भन्दै संसदमा भनेको कुरा कार्यालयमा उजुरी नआएको भवन डिभिजन कार्यालयका इन्जिनियर टिकाराम पोखरेलले बताए । इन्जिनियर पोखरेलले निमार्ण कम्पनीले जिम्मा लगेको ठाउँसम्म काम भइसकेको जनाए । तर यता नारायण नगरपालिकाका–१ का निर्वतमान वडाध्यक्ष तिर्थ नारायण श्रेष्ठले माननियले काहाँको बजेट भनेर थाहा नपाएरै बोलेको बताए ।
वडाध्यक्षले आफ्नै पहलमा काम भएको जानकारी दिए । उनले पहिले कालोपत्रे मात्र थियो, स्टेटमेन्ट चेन्ज गरेर आरसीसी, जाली लगाउने काम पर्खाल निमार्ण गरिएको बताए । उनले माननियले नाम तोकेरै बोल्नु गलत भएको भएको बताए । माननियले कुन आधारमा संसदमा बोल्नु भयो आफुले नबुझेको वडाध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताए । उहाँले तिन वर्ष अगाडिको योजना भएको जानकारी दिए । यता माननिय सूयकुमारी श्रेष्ठले आफुले संसदमा बोलेको कुरा सहि सत्य भएको बताइन् ।



karnalipress
२१ बैशाख २०८०, बिहीबार १६:४१