मालपोत जुम्लाको सेवा सुधारिदो अवस्थामा

नौरते नेपाली, पुष ६ जुम्ला। मालमोत कार्यालय जुम्लाको सेवा सुधारन्मुख अवस्थामा रहेको छ । जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोत कार्यालय जुम्लाले सेवा प्रवाहलाई प्रभाकारी बनाएको छ । सेवा प्रवाहमा ढिला सुस्तीको बिल्ला भिरेको उक्त कार्यालयबाट प्रदान हुने सेवामा सरलीकरणको अभ्यास सुरु भएको हो ।

चालु आर्थिक वर्षको हालसम्म ८ सय ३० वटा लिखत ९राजीनामा० पास भएको निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताए । उनका अनुसार १ सय २० वटा मोठ कायम भएकोमा घर कायम र दाखा भएको जानकारी गराए । कामको बढी चाप हुने मोठ फाँडमा खरीदार र कम्प्युटर शाखामा अर्पेटरको अभावका बिच पनि सेवा प्रवाहलाई सुदृढ गर्दै आएको रोकायाको दावी छ ।

कार्यालय प्रमुख, खरिदार र कम्प्युटर अर्पेटर रिक्त रहेको भन्दै उहाँले काम गर्नको लागि उपकरणको पनि समस्या रहेको सुनाए । कार्यालयमा इन्टरनेट र कम्प्युटरको समस्या रहेको उनको भनाइ छ । हाल कार्यालयमा नायब सुब्बा ३, खरिदार ३, सलेपा १, कम्प्युटर अर्पेटर ३ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १४ जना जनशक्ति रहेको रोकायाले बताए ।

नायब सुब्बा स्तरको कम्प्युटर अर्पेटर पद रिक्त रहेकाले सेवा प्रवाहमा असहज भएको उनको भनाइ छ । सिंजा गाउँपालिकाले काममा सहजता गर्नको लागि एकजना कम्प्युटर अर्पेटर पठाएको हुनाले अलि सहज भएको रोकायाले बताउनु भयो । ३ जना करार कम्प्युटर अर्पेटर मध्ये २ जना कार्यालयका तर्फबाट र १ जना सिंजा गाउँपालिकाले पठाईएको छ । रोकायाका अनुसार कामको बढी चाप हुने मोठ फाँडमा एकजना मात्र खरीखदार भएकाले सेवाग्राहीलाई भनेकै समयमा सेवा दिन नसकिएको स्वीकार गरे ।

कार्यालयमा सेवा लिन आएकाहरुलाई कुराउने चाहाना हाम्रो होइन उनले भने सेवा दिएर समयमै फर्काउन पाएमा सहज हुन्छ । धेरैजना सेवा ग्राहीले कार्यालयबाट भनेको समयमै काम हुँदैन्न भन्ने जनगुनासोको आफुले पनि सुनेको उनले बताए ।

अनलाइनबाट काम हुने भएकाले दक्ष कम्प्युटर अर्पेटर नहुँदा करारमा नियुक्त गरि काम गर्नु परेकाले केहि काँहिल सेवा दिने क्रममा तलमाथि हुने गरेको रोकायाले बताए । कार्यालयमा सेवा लिन आउनु भएक तिला २ का कर्णसिंह रावतले मालपोत कार्यालयबाट उपलब्ध हुने सेवा सुधारन्मुमख अवस्थामा रहेको बताए । कार्यालयमा सेवा लिनको आएको बेला कर्मचारीले गर्ने व्यवहार र सेवा राम्रै पाएको उनको भनाइ छ ।

९९ लाख ९६ हजार बढी राजश्व संकलन
चालु आर्थिक वर्षको पहिलो चौमासिक कार्तिक महिनासम्म मालपोत कार्यालय जुम्लाले ९९ लाख ९६ हजार, ५ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको छ । जग्गा रजिस्टेशन तर्फ ६७ लाख ९० हजार ३ सय १२ रुपैयाँ राजश्व संकलन भएको निमित्त कार्यालय प्रमुख नरेन्द्र वहादुर रोकायाको भनाइ छ । पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८ सय ८३ रुपैयाँ संकलन भएको उहाँले बताए । रोकायाका अनुसार विविध तर्फ ८७ हजार ३ सय ६६ रुपैयाँ राजश्व उठेको उहाँले जानकारी गराए । कार्यालयको लक्ष्य भन्दा बढी पहिलो चौमासिकमा राजश्व संकलन भएको हो ।

महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्यो
महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे छ । चालू आर्थिक वर्षको हालसम्म १ सय २५ जना महिलाको नाममा जग्गा पास भएको छ । चालु आर्थिक वर्षमा ८ सय ६० वटा लिखत हुँदा त्यसमा १ सय २५ जना महिलाको नाममा लिखत पाएको भएको हो । जुम्लाका सात वटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्टेशन भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

गाउँपालिका भन्दा नगरपालिका भित्रका महिलाहरुको नाममा बढी जग्गा रजिस्टेशन भएको तथ्याङ्क रहेको कार्यालयका नायब सुब्बा मोन विष्टले बताए । उनले भने जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्टेशन गर्नेको संख्या बढेको छ । नगरपालिका भित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको नाममा जग्गा रजिस्ेटशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको विष्टले बताए ।

राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको उनको भनाइ छ । विष्टका अनुसार महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८ सय ३५ रुपैया राजश्वमा छुट पाएको बताए । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ेटशन हुँदा ९ लाख ४२ हजार १ सय ६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १ लाख ३ हजार राजश्वमा छुट पाएको विष्टले जानकारी गराए ।

दलितलाई राजश्वमा २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिस्टेशन गर्ने दलित समुदायले राजश्वमा २५ प्रतिशत छुट पाएका छन् । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्टेशन हुँदा उनिहरुले २५ प्रतिशत राजश्वमा छुट पाएका हुन् । सात वटा गाउँपालिका भित्रका ३१ जना दलित समुदायले आफ्नो नाममा जग्गा रजिस्टेशन गर्दा ३१ हजार २ सय ७३ र नगरपालिका भित्रका १२ जना दलितले जग्गा रजिस्टेशन गर्दा ६० हजार २७ रुपैयाँ राजश्वमा छुट भएको विष्टले बताए । उनका अनुसार २५ प्रतिशतका दरले जम्मा ९१ हजार ३ सय रुपैयाँ दलित समुदायले राजश्वमा छुट पाएको जानकारी गराए ।

मोठ फाँडमा एकजना मात्रै कर्मचारी
मालपोत कार्यालयको बढी व्यस्थ हुने मोठ फाँड हो । यो फाँडको लागि २ जना कर्मचारी अनिवार्य हुनु पर्ने हो । तर, उक्त फाँडमा कार्यरत खरीदार पूर्णलाल चौलागाई हालै सुरुवा भएर मालपोत कार्यालय कालिकोट गएपछि अहिले उक्त फाँडको जिम्मेवारी देवेन्द्र जीसिले सम्हाल्दै आउनु भएको छ ।

साविकका ३० वटा गा.वि.स.को मोठ भिडाउने, रुजु गर्ने, रोक्का, राजीनामा, दाखा, नामसारीको टिप्पणी र अन्य संशोधन टिप्पणी लगायतका सबै काम जीसिले गर्दै आएका छन् । दुईजना कर्मचारीले गर्नु पर्ने काम एक्लै गर्दा भ्याइनभ्याई भएको उनको भनाइ छ । विहान कार्यालयमा आएदेखि साँझ घर फर्किदा सम्म काम गर्नु पर्ने अवस्था रहेको उनले सुनाए ।

दिनमा खाजा खाने समेत फुर्सद नभएको उनेको भनाइ छ । जीसिका अनुसार कर्मचारीको अभाव हुँदा कार्यलोड बढी भएको बताए । आएका सेवाग्राहीलाई नकुराई काम गर्दा पनि भनेकै समयमा सेवा दिन नसकेको जीसिले बताए । उनका अनुसार पालो अनुसार सेवा दिने गरी पनि नभ्याएको जानकारी गराए ।