
जेठ ४, दैलेख। स्थानिय तह निर्वाचन २०७९ अन्र्तगत दैलेखका ११ पालिकामध्ये अहिलेसम्म ९ पालिकाको नतिजा सार्वजनीक भएको छ । प्राप्त मत परिणम अनुसार दैलेखका ४ पालिका प्रमुखमा नेपाली कांग्रेस बिजयी भएको छ भने नेकपा एमाले ३ र नेकपा माओवादी केन्द्र २ पालिकाको प्रमुखमा बिजयी भएका छन् ।
नेपाली काँग्रेसले जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिकामा प्रमुखउप,प्रमुख, भैरवी गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष,महावू गाउपालिकामा अध्यक्ष,उपाध्यक्ष जितेको छ भने ठाटिकाँध गाउँपालिकामा अध्यक्ष मात्रै जितेको छ । नेकपा एमालेले नारायण नगरपालिकामा प्रमुखउप,प्रमुख,गूराँस गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष, डुश्वर गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष र ठाटिकाँध गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले दैलेखका नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । नौमुले गाउपालीका उपाध्यक्षमा भने नेकपा एकिकृत समाजवादीले जित हासिल गरेको छ भने भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी भएका छन् भने उप प्रमुखमा नेकपा एमालेका तप्ता कुमारी खड्का (थापा) ५ हजार ६ सय ७३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादूर शाह २ हजार ५७१ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा उपाध्यक्षमा नेकपा एमालेका देविराम बडुवाल २ हजार ६ सय ९५ मत प्राप्त गर्दै विजयी भएका छन् ।भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादूर थापा २ हजार ८ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकी मिनाकुमारी खड्का २ हजार ६ सय ८३ मत प्राप्त गद विजयी भएका छन् ।।
चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा नेपालि कांग्रेसका गणेश बहादूर शाही ४ हजार ७० मत प्राप्त गर्दै विजयी भएका छन् । भने उप प्रमुखमा नेपालि कांग्रेसकै मनसरा कुमारी शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
भैरबी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रिता शाही ३ हजार ९ सय ७६ मत प्राप्त गर्दै विजयी भएका छन् । भने उपाध्यक्षमा नेपालि कांग्रेसकै देवी भण्डारी ३ हजार ३ सय ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने ३ हजार ५ सय ७७ मत प्राप्त गर्दै विजयी भएका छन्।
गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका शिवाकुमारी खड्का ४ हजार ६ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन् । नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छवि सुवेदी ३ हजार २ सय मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा एकीकृत समाजवादीका गगनबहादुर शाही २ हजार ८ सय ३४ मत प्राप्त विजयी भएका छन् ।
महावू गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण गूरुङ्ग २ हजार ९ सय ७९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपाध्यक्षमा नेपालि काँग्रेसकै मञ्जू पाण्डे ३ हजार १ सय ५५ मत प्राप्त गर्दै विजयी भएका छन् । दैलेखमा अब जिल्लाका दूल्लु नगरपालिका र आठबिस नगरपालिकाको अन्तीम नतिजा आउन बाकी रहेको र यि दुवै पालिकाको अन्तिम परिणम आजै साझ सम्ममा आउने बताईएको छ ।



karnalipress
४ जेष्ठ २०७९, बुधबार ०६:५१