हत्या आरोपमा दुई जना माथि अनुसन्धान

कालीकोट, कार्तिक २७ गते । कार्तिक ११ गते राती पलाँतामा एक युवा सक्त घाईते अवस्थामा उहाँकै घरको आगानमा भेटिनु भयो । बिहान पाँच वजे सक्त घाइते अवस्थामा भेटिनु भएका युवालाई कसैले कुटपिट गरेर सक्त घाईते वनाएको सबैमा आसंका जाग्यो । मृर्तकलाई पलाँता अस्पतालमा भर्ना गरियो । उहाँको सम्पर्कमा रहेकाको खोजि हुदा उनिहरु रातारात भागेको खवर गाउँमा पुग्यो ।

लगतै प्रहरीमा सम्पर्क गरेपछि हत्यामा संल्न्न रहेको आसंकामा संकास्पद ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार कार्तिक ११ गते राती अन्दाजी ११ वजे को समयमा पलाँता गाउँपालिका वडा नं ८ का वर्ष ३४ का कटक रोकाया माथि आक्रमण भएको र त्यसैका कारणले उहाँको मृत्यु भएको पुस्टी भएको वताउनुभयो ।

घटना लगतै बिहान उहाँकै दाई सन्तान भित्रकै रवि भनिने वर्ष ४० का रविन्द्र कुमार रोकाया, उहाँकै भाई वर्ष २५ का महाविर रोकाया र वर्ष ३२ की रविन्द्र कुमार रोकायाकी श्रीमती जुहारा रोकायाको नाममा किटानी परेको छ । तर प्रहरीले भने रोकाया दाजु भाईलाई मात्रे प्रक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरी निरिक्षक शाहीले सरकारी वकिल नभएका कारणले कसैको पनि वयान लिन नपाएकाले महिलालाई पक्राउ नगरिएको वताउनुभयो । कसैको पनि वयान भएको छैन । भाई महाविर रोकायाले भने झगडा भएको कुरा स्वीकार गरेका छन । अरुको वयान लिन वाँकी रहेको वताउनुभयो ।