स्थानिय पत्रकार हुदै केन्द्रिय सदस्य सम्म पुगे अधिकारी

फागुन ६,कालिकोट । दुर्गम जिल्ला कालिकोटको साबिक भर्ता गाविस बाट मासिक रु ५ मा स्थानिय पत्रकारीताको सुरुवाती गरेका पत्रकार खडानन्द अधिकारीले पत्रकारीता क्षेत्रमा छोटै समयमा आफ्नो जिवनमा ठुलो सफलता हाँसिल गर्नु भएको छ ।

बिरगन्जमा भएको प्रेस चौतारी नेपाल केन्द्रिय समितीको दोस्रो बैठकबाट अधिकारीलाई केन्द्रीय सदस्यमा मोननित गरिएको हो उहाँ पत्रकार महासंघका कालिकोटको पहिलो कार्यकाल सचिव पुर्व प्रेस तौतारी कालिकोट जिल्ला सचिव हुनुहुन्थ्यो भने अधिकारी सबैको प्रेणाले हाल पनि पत्रकार महासंघ कालिकोटको सचिव पनि हुनुहुन्छ ।

आफ्नो जिवनमा आफ्नो बुवा ६ महिनामै गुमाएका अधिकारी पत्रकारीतामा सफलता पाएको कारण बुवाको पिडा भुलेको महशुस गरेको अधिकारीले बताएका छन उहाँ जिल्लामा पनि सबैको प्रिय पात्रकोरुपमा देखिनु हुन्छ।

आफ्नो बुवाले उपचार नपाएकै कारण ज्यान गुमाएकोले अहिले उनलाइ गरिव तथा पिछडियका समुलायको सेवा गर्ने आफ्नो रुचिरहेको उनको भनाई छ ।