
भाद्र २६,कालीकोट। कालीकोट जिल्लाका सबै राजनिति दलले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामा आफुहरु सधै प्रतिवद्धत रहेको वताएका छन । कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री कृर्मराज शाहीले एक महिलालाई वलात्कार गरेको समाचार सार्वजनिक गर्ने पत्रकारलाई जिल्लामा पुर्नर स्थापना गर्न आयोजना गरिएको कार्यक्रममा दलका नेताले सो प्रतिवद्धता गरेका हुन ।
दलका नेताहरुले घटना सत्य होस वा नहोस, त्यसको सजाय हुने वा नहुने कानुनी पाटो भएको भन्दै समाचारकै बिषयमा पत्रकार माथि हुने धरपकड, गाली गलौज, नेपालको संबिधानको मुल मर्म बिपरित भएकाले आ आफ्नो दल र दलमा आवद्ध कुनै पनि ब्यक्तिवाट त्यस्ता गैरकानुनी काम नहुने साँझा प्रतिवद्धता गरेका छन ।
पत्रकार महाँसंघ कालीकोट शाखाले आयोजना गरेको कार्यक्रममा वोल्दै राजनिति दल, सुरक्षा निकायका प्रमुखहरुले सत्य घटना संघ आएका समाचारको सम्मान गदै आगामी दिनमा हुने कुनै पनि धाक धम्की वाट नआतिन पत्रकारलाई आग्रह गरे । नेकपा एमालेका नेता राजेन्द्र थापाले समाचार सत्य नभएमा कानुनी लढाईमा जादा पत्रकारलाई कार्वाही हुने भन्दै आफु बिरुद्ध समाचार आयो भनेर जिम्मेवार राजनिति दल र उनिहरुका कार्यकर्तावाट पत्रकारको ज्यान लिने धम्की दिनु गैरकानुनी मात्र नभइ जघन्य अपराध भएको वताउनुभयो । उहाँले पत्रकारलाई साझाँ मुद्धामा एक भएर समाज परिवर्तनको पक्षमा वोल्न आग्रह समेत गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष धनजित शाहीले आफ्नो पार्टी पनि प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै कहि कतै कार्यकर्ता आवेगमा आएर दिने अबिब्यक्तिलाई सुधार गदै जाने वताउनुभयो । नेपाली काग्रेसका नेता भुपेन्द्रजंग शाहीले समाचार सत्य वा असत्य जे भएपनि समाचारकै कारणले धम्की खेप्नु पर्ने कारण नभएको वताउनुभयो । उहाँले हामी सबैले निमार्ण गरेको संबिधानको धारा उपधारालाई हेरेर कानुनी वाटो अवलम्बन गर्नु पर्ने धारणा राख्नुभयो ।
नेकपा एस कालीकोटका अध्यक्ष बिश्वराज बमले घटनाका बिषयमा पार्टी सम्वन्धी ब्यक्ति मन्त्रीसंग कुरा भएको र त्यो कानुनी पाटोमा रहेकाले आफ्नो पार्टी र आफुवाट पत्रकारको पेसामा कुनै असर नपार्ने प्रतिवद्धता जनाउनुभयो । नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव खड्गराज शाहीले पत्रकार र प्रेस स्वतन्त्रता प्रति आफ्नो पार्टी सधै जानकार रहेको भन्दै नैतिक्ता भएमा मन्त्रीले राजजिनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्र शाहले पत्रकार बिस्नप्रसाद न्यौपानेलाई जस्तो सुकै अवस्थामा पनि आफुले सुरक्षा दिने वताउनुभयो । समाचार असत्य भएपनि ज्यान लिने अधिकार कसैसंग नभएको भन्दै कानुनले उसलाई छुट नदिने भएकाले ढुक्क संग आफ्नो पेसामा लाग्न सुझाव दिनुभयो । उहाँले घटना २०७६ सालको हुदा हदम्याद नाघेका कारण प्रहरीले एक्सन नलिएको खुलासा गर्नुभयो ।
भदौ ६ गते केही सन्चारमाध्यममा कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री कृर्मराज शाहीले एक महिलालाई वलात्कार गरेको भिडियो सार्वजनिक शिर्षकमा समाचार लेख्ने पत्रकारलाई मन्त्री र उहाँका आफ्न्तवाट ज्यान लिने धम्की आएपछि पत्रकार महाँसंघ केन्द्रीय मिसन टोली गठन भएर पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सबै सरोकारवालालाई आग्रह गरेको थियो । सोही प्रतिवेदनका आधारमा पत्रकार न्यौपानेलाई कालिकोटमा पुर्नस्थापना गरिएको हो ।



karnalipress
२६ भाद्र २०७८, शनिबार १५:२५