
ललित विष्ट असार ७ ,कालिकोट। जिल्लाको महावै गाउँपालिकाले विकासको खाका कोर्न सुरु गरेको छ । यो भन्दा पहिलेको सरकारले महावै गाउँपालिकामा खासै विकास गर्न नसकेकोमा अहिले गाउँमा विभिन्न विकासे काम धमाधम सुरु भएका छन्।
महावै गाउँपालिकाको अध्यक्षमा खेमबहादुर सिंह भिजन निर्वाचत भएपछि नागरिकका अति आवश्यकताका आधारमा विकास निर्माण सुरु गरे । विधुत्तको पहुच नपुगेको महावैमा पहिलो पटक राष्ट्रिय प्रसारण लाईनको विधुत्त पुगाए । गाउँपालिकाको प्रशासकिय भवन निर्माण सुरु गरे । सडक संञ्जालको रूपमा पछाडि परेको महावै गाउँपालिकालाई सडक पहुचमा पुगाउँन सुरु गरे ।
गाउँपालिकाको अध्यक्षमा खेमबहादुर सिंह भिजन निर्वाचत भएको एक वर्षको अबधिमा धेरै राम्रा कामको सुरुवात भएको छ । अहिले गाउँपालिकाको आफ्नै प्रशासकिय भवन तया भएर सेवा दिन सुरु गरेको गाउँपालिकाको अर्थिक वर्ष २०७९/८० को १ करोड लगानिमा गाउँपालिकाको भवन तयारगरी गाउँपालिकाले बुधवारबाट आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
गाउँमा पक्कि गोरेटो बाटा
महावै गाउँपालिकाले पालिकाका सबै वडाहरुमा पक्कि गोरेटो बाटा निर्माण सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर सवै वडाले गोरेटो बाटो निर्माण गरेको हो । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम पनि गर्न सक्ने र परिणाम पनि राम्रो आएको वडा नम्बर ३ का वडाध्यक्ष प्रसान्त सिंहको भनाइ छ । धमाधम टोलटोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी हर्षित छन् । हाम्रो गाउँपालिका पहिरोको जोखिम बाट टाढा रहेको छ ।
पछिल्लो एक वर्षमा गाउँपालिकानका ७ वटै वडामा चार किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सिचाँइ नपुगेको ठाउँमा सिचाई सुविधा गरीएको छ ।
स्थानीय तहमा आय तथा रोजगारी सिर्जनाको मेरुदण्ड नै आर्थिक विकास भएता पनि यो क्षेत्रलाई अधिकांश पालिकाले आर्थिक विकासका नाममा गरेका कामहरूले पूँजी निर्माण तथा रोजगारीमा योगदान पु¥याएको देखिंदैन ।
खासगरी कृषि तथा पशुपालन अन्तर्गत पालिकाहरूको मुख्य ध्यान पकेट क्षेत्र घोषणा, कृषिको यान्त्रीकरण तथा आधुनिकीकरणका लागि ट्रेलर वितरण, बीउमा अनुदान, पशुपालनमा अनुदान लगायत कार्यक्रम सञ्चालन भएको देखिन्छ,भने पर्यटन विकासका लागि अधिकांश पालिकाले मन्दिर संरक्षण तथा निर्माणलाई प्राथमिकता दिएको देखिन्छ ।
कृषि, पशुपालन तथा पर्यटनलाई प्राथमिकतामा राखेको भए पनि त्यसले समग्र पालिकाको आर्थिक विकासमा कस्तो प्रभाव पा¥यो भन्ने कुराको उत्तर कसैसँग पनि छैन । आम रूपमा लाग्ने आरोप के छ भने अनुदानका नाममा स्थानीय तहमा व्यापक अनियमितता भएको छ ।

गाउँमा सडक
महावै गाउँपालिकाले आफ्नो गाउँ ठाउँमा सडक निर्माण गरेको छ । गाउँपलिकाको घटेगाड देखि कुनिसम्मको सडक निर्माण,डिलिकोट देखि गेला सडक निर्माण, सेराबाडा देखि गाउँपालिका केन्द्र पादमघाटसम्म सडक निर्माण सुरूगरेको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले बताए ।
गाउँपालिकालाई कर्णाली राजमार्ग संग जोड्न सेराबाडा देखि गाउँपालिका केन्द्र पादमघाटसम्म सडक निर्माण सुरू भएको छ । अब महावै गाउँपालिका राष्ट्रिय सडक संञ्जालसंग जोडिने भएको हो ।
पुर्वाधार विकास कार्यालयको ३ करोड बजेटमा पादमघाट देखि सेराबाडासम्म सडकको ठेक्का खोलेर निर्माण कम्पनिले सडक खन्न सुरू गरेको छ । तिलागुफा,शुभकालिका र दैलेखदेखि सिधै गाडि महावै पुगेपनि कर्णाली राजमार्गदेखि पालिका केन्द्र पादमघाटसम्म सडक निर्माण भएको छैन । अहिले सम्म सेराबाडदेखि पालिका केन्द्र सम्म पैदल हिँडेर जानू परेको छ ।
जिल्लाका अरु पालिकाहरु मध्य महावैले विकास निर्माणलाई त्रिवता दिए को छ । अब सडक निर्माण सुरू भएपछि तिलामा नदिमा पुल समेत बन्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकीय अधिकृत गणेशमान सिंहले बताए । ७ वटा वडा रहेको महावै गाउँपालिकामा ५ वटा वडामा सडक पुगिसकेको छ । बाकि दुइवटा वडा सडक संञ्जालबाट टाढा रहेका छन्।




karnalipress
७ असार २०८०, बिहीबार ०९:२३