जिल्ला अस्पताल कालिकोटमाः गर्भवती महिलाको मृत्यु

जेठ ३१, कालिकोट । कालिकोटमा गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्ना विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको हो।
पुन्नालाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार दिउँसो जिल्ला अस्पताल कालिकोट ल्याएका थिए ।अस्पतालका डाक्टरले चेकजाँच गरि स्वास्थ्य अवस्था राम्रो भएको भन्दै पुन्नालाई घर पठाएका थिए। पुन: राति पुन्नालाई समस्या  भए पछि आफन्तले अस्पताल ल्याएका थिए।

पुन्नको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटकाले जनाएको छ। पुन्नलाई बचाउनको लागि प्रहरीले रगत समेत  दिएको थियो ।

याे विषयमा जिल्ला अस्पतालका डाक्टरले समयमै रिफर गर्नकाे लागि केही खबर नगर्दा पुन्नकाे मृत्यु भएकाे र अस्पतालकाे ठूलो लापरबाही रहेको  मृतकका आफन्तले बताएका छन् ।

पुन्नालाई बिहान १०ः१५ मा अस्पताले मृत घोषणा गरेको थियो । डाक्टर रत्बिर सुनारले  समेत चेकजाँच गरेको तर रिफरकाे लागि जानकारी नगराउदा सुत्केरी आमाकाे समेत  मृत्युु भएको बताईएकाे छ।