
भाद्र १३,कालीकोट। कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका २ अन्तगर्त कर्णाली करिडोरको आम्तडामा वोलेरो जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाईते भएका छन । सान्नी त्रिवेणी गाउँपालिकावाट जिते वजारका लागि छुटेको मानसरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्वरको वोलेरो जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ का चालक बिक्रम गिरीको घटना स्थलमै मृत्यु भएको उहाँका आफन्त खेमराज गिरीले जानकारी दिनु भएको छ । दुर्घटनामा परी घाईते हुनेहरुमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं ६ का वर्ष ३३ हुदा का तिल सज्याल, वर्ष ५२ का रत्न सज्याल, वर्ष ४३ का देवप्रसाद सज्याल, वर्ष ७० का सुन्दर सज्याल, रहेका छन ।
यस्तै रास्कोट नगरपालिका वडा नं ९ का वर्ष २१ का जंग्गे तिरुवा, वर्ष १८ की लक्ष्मी वराल, वर्ष ३४ का नरपती तिरुवा, वर्ष २४ का टेक लुवार, वर्ष ३६ का प्रेम वराल रहेका छन । यि सबै रास्कोट नगरपालिका वडा नं ९ कै रहेका छन । यस्तै रास्कोट ७ का वर्ष ३७ का कमराज शाही पनि घाईते भएका छन । यस्तै पचालझरना गाउँपालिका वडा नं ९ की वर्ष १९ कि अनिता शाही घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले आफुहरु दुर्घटना स्थलमा जादै गरेकाले घाईतेको अवस्था कस्तो छ भन्ने कुरा पछि मात्र जानकारी हुने वताउनुभयो । वताउनुभयो ।प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले घाईतेको अवस्था गम्वीर भएको आफुलाई जानकारी आएकाले उद्धारका लागि हेलिकोप्टरको पहल भईरहेको वताउनुभयो । उहाँले सबै कुरा जिल्लावाट खटिएको प्रहरी टोली त्यहाँ पुगेपछि मात्र जानकारी हुने भएकाले वाँकी केही भन्न नसकिने वताउनुभयो । पानी परिरहेको र कर्णाली करिडोर ठाउँ ठाउँमा अवरोध समेत भएकाले घटनास्थल जाने प्रहरीको टोली सदरमुकामवाट पैदल गईरहेको छ ।
karnalipress
१३ भाद्र २०७८, आईतवार १५:०३