ताडिमा कालिज फार्म सञ्चालनमा

२७ मंसिर,कालीकोट। कालीकोटको खाँडाचक्रमा पहिलो पटक ब्यवसाहिक कालिज फार्म सञ्चालनमा आएको छ। दुई भेना सालाको व्यक्तिगत २५ लाख लगानीमा असार २५ गते देखि कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । बार्षिक ३० लाख सम्म आम्दानि गर्न सकिने गरी कालिज फार्म सञ्चालन गरीएको हो।

दैनिक जसो रोजगारीका लागि भारत र अन्य खाडी मुलुकमा जाने युवाहरूलाई कृषिमा आत्मनिर्भर बन्न र नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिनकालागि कालिज फार्म सञ्चालनमा ल्याएको वैदिक कृषि उत्थान प्रा.ली फार्मका सञ्चालक जयकृष्ण न्यौपानेले बताए।,उनले भने, कालिज फार्म सञ्चालन देखि अहिले सम्म १५० चल्ला मरेको र १५ ओटा वेचिसकेको बताए ।

“हामीले २५ लाख लगानीबाट सुरु गरेका हौँ तर उत्पादन राम्रोभएको छ,अव बजार ब्यवस्थापन गर्न समस्या हुन्छ की?,” अहिले वैदिक कृषि उत्पादन प्रा.ली.मा ४०० भन्दाबढी कालिज फार्ममा रहेका छन् । तिलागुफा नगरपालिकाका जयकृष्ण न्यौपाने र खाँडाचक्र नगरपालिकाका भवानी पाण्डे दुई भेना,सालाले सञ्चालनगरेको फार्ममा अहिले तिन रोजगारी पाएका छन्,।

वैदिक कृषि उत्पादन प्रा.ली.का भवानी पाण्डेका अनुसार “आफु हरुले २५ लाख लगानि गरेका छौँ,कुनै निकायबाट सहयोग भएको छैन् सरकाको ३० प्रतिसत कृषि अनुदान लगानि काहा छ ? म प्रश्रन सोध्न चाहन्छु,यदि दिएको लगानिमा कस्तो फार्म सञ्चालन छ ?” उनले भने, हामि जस्तै केही गर्ने युवाहरुलाई कतैबाट सहयोग राहत छैन्, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ।

लोकल कुखुरा पालन
यस्तै वैदिक कृषि उत्पादन प्रा.ली.र्फाममा अहिले २ सय ओटा लोकल कुखुराका साना चल्ला छन्,उक्त र्फाममा ३ लट लोकल कुखुरा उत्पादनगरेर बेच्दा १ लाख पचास हजार नाफा कमाएको सञ्चाक भवानी पाण्डे बताए। उनले अव बोयर जातको बाख्रा पाल्नको लागि खोरको पनि तयारी भईरहेको बताए।