मान्मको खानेपानी समस्या सामाधान हुन्छःअध्यक्ष टमटा

ललित बिष्ट जेठ १३,कालिकोट। खाँडाचक्र नगरपालिका १ का वडाध्यक्ष धर्मराज टमटाले सदरमुकाम मान्मको खानेपानी समस्या सामाधान गर्ने बताएका छन्। नब निर्बाचित अध्यक्ष टमटाले खानेपानीको चरम अभाव खेपिरहेका वडानम्बर १ का नगरिकको समस्या समाधान गर्नकालागि जनेश शाही,हिक्मतजंग मल्ल,माया खड्का लगायत सात जनाको अनुगमन समिति गठन गरिएको छ।

शुक्रवार तत्काल मान्म बजारको खानेपानी समस्या समाधानका साथै खानेपानी सुधार र व्यवस्थापन गरि हरेक नागरिकको पहुँचमा खानेपानी पुगाउन समिति द्वारा कर्मचारीलाई निर्देशन दिदै अनुगमन समेत गरिएको हो।

अनुगमनको क्रममा खाडाचक्र नगरपालिका वडानम्बर १ स्थित खाद्य ट्याङ्कि तोडफोड गरेको पाईएको छ,उक्त तोडफोड ट्याङ्कि आजै मर्मत गरिएको वडाध्यक्ष धर्मराज टमटाले जानकारी दिए।

उनले खानेपानीको चरम अभाव खेपिरहेका बेला यस्तो अरजक्ता नगर्न अनुरोध समेत गरेका छन्।बजारमा खानेपानीका डाइरेट लाईन भेटिएको हुदा उक्त लाईनलाई पनि हटाईने बताईएको छ। उनले सकिन्छ न्याय खोजौ,सकिँदैन गल्ती नगरौ भन्दै जनचेताना समेत दिएका छन्।