
ललित विष्ट माघ २६,कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाँउपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाईटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा र नरहरिनाथ गाउँपालिकाको बिशेष पहलमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले जानकारी दिए । एम्बुलेन्स सेवासँगै स्थानीयलाई सहज हुने गाउँपालिकाको विश्वास छ ।
नरहरिनाथ गाउँपालिका र नेपाल रेडक्रस उपशाखा नरहरिनाथको साझेदारिमा एम्बुलेन्स सञ्चालन गर्न लागेको नेपाल रेडक्रस कालिकोट जिल्ला सभापति बलप्रसाद सज्याले बताए ।
गाउँपालिकामा एम्बुलेन्स अति आवश्यक रहेका बेला रेडक्रसले एम्बुलेन्स दिएकोले यहाँका नागरिकलाई अस्पताल पुग्न केही सहज हुने वडा नम्बर ९अध्यक्ष प्रदिप बोहोराले बताए । नेपाल रेडक्रस सोसाईटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तानान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।
karnalipress
२६ माघ २०७९, बिहीबार १२:३७