एम्बुलेन्स बिग्रिदा नागरिकलाई सास्ति

जेठ ८,कालिकोट।  कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–२ स्थित सेरिघाटमा नगरलिकाको एम्बुलेन्स करिब ६ महिना बाट थन्किएको छ । खाँडाचक्र नगरपालिका बिरामी लाई सहज बाताबरण होस् भनी ल्याइएको उक्त एम्बुलेन्स सडकमै बिग्रियर राखेका छन् ।

करिब ३२ लाख रकम पर्ने एम्बुलेन्स १ प्रतिशत खरिद छुट भ्याटमा भारतबाट खरिद गरेको कर्णाली प्रदेश–०२००१झ ००९८ नम्बरको एम्बुलेन्स ६ महिनादेखि बिग्रियर सडकमै थन्किएको छ । २ बर्ष अघि खाँडाचक्र नगरपालिकाका बिरामीलाई सुविधा दिनको लागि खरिद गरेको एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कसैको ध्यान जान सकेको छैन् । यसको बारे अहिलेसम्म कसैले चासो नदिएको स्थानीय बताउछन् ।

लाखौं मूल्य हालेर खरिद गरेका नगरपालिकाको एम्बुलेन्स,बुलेरो गाडी अहिले विग्रिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बताए । अधिकृत श्रेष्ठले भने म यस नगरपालिकामा आएको १ महिना मात्र भयो म आएको केहि दिनमा नै स्थानीय तहको निर्वाचन भए पछि मैले यसको बारे केहि जानकारी लिन भने नपाएको छैन् ।

उनका अनुसार खाँडाचक्र नगरपालिकाले किनेका सवारीसाधन लाई अव मर्मत गरेर संचालनमा ल्याउने बताएका छन् । यस नगरपालिकामा नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेले पुराना सामान हरुको ब्यवास्था गर्दा यस्तो समस्या भएको बताईएको छ ।