एमाले नरहरिनाथको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

 बैशाख ९,कालिकोट । नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँकमिटी नरहरिनाथको आयोजनामा शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी कार्यालय कुमालगाँउमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ। पार्टी गाउँकमिटी नरहरिनाथको यस अघि बसेको बैठकले पार्टी जिल्ला सचीव टेक बहादुर बुढालाई सर्व-सहमतरुपमा नरहरिनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनाएको थियो।

शुक्रबार गरिएको उक्त पत्रकार सम्मेलनमा पार्टि गाउँ कमिटि अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता रहेको थियो भने पार्टिका प्रदेश कमिटी सदस्य तथा युवा नेता टेक बहादुर बोगटी ‘प्रबिण’ त्यस्तै पार्टी जिल्ला कमिटिका सदस्यहरु, गाउँकमिटिका सदस्यहरु र पार्टिका नेता तथा कार्यकर्ता र पत्रकारहरुको बेजोड उपस्थितिमा पत्रकार सम्मेलन गरिएको हो।

आसन्न स्थानिय तह निर्वाचन २०७९ को निर्वाचनमा नेकपा एमाले नरहरिनाथ गाउँपालिकाका उम्मेदवार बुढाले प्रतिबद्धता पत्रको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको थियो। उक्त प्रतिवद्धता पत्रमा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखि सहभागिता दुरदर्शिता पारदर्शिता र जवाफदेहिताको आधारमा समानता तथा समतामुलक समाज निर्माणको लागि न्यायोचित तवरबाट सेवा प्रदान गरिने भन्दै नरहरिनाथ गाउँपालिकामा पुर्वाधारको विकास देखि सबै क्षेत्रलाई समानतामुलक रुपमा उल्लेख गर्नुभएको थियो।

यसैबिच नेकपा एकीकृत समाजबादिका कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य नरहरिनाथ गाउँपालिका वडा नं. ९ निवासी चक्र बहादुर बिष्ट नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरि नेकपा एमालेमै फर्किनुभएको पार्टी गाउँ कमिटी सचिव प्रदिप बोहोराले जानकारी दिनुभएको छ। उहाँका अनुसार, ‘बि. सं. २०४७ सालदेखी नेकपा एमालेका संस्थापक सदस्य, २०५१ सालमा बैकल्पिक जिल्ला कमिटी सदस्य, २०६६ सालमा जिल्ला कमिटी उप-सचीव हुँदै नेकपा एमालेमा सक्रिय रुपमा लाग्दै आउनुभएका बिष्ट तत्कालिन नेकपा बिभाजन पछि एकीकृत समाजबादिमा हुनुहुन्थ्यो।

नेता बिष्टलाई नेकपा एमाले कर्णाली प्रदेश कमिटीका सदस्य टेक बहादुर बोगटी ‘प्रबिन’, पार्टी जिल्ला सचीव टेक बहादुर बुढा, जिल्ला कमिटी सचिवालय सद्स्य एवं पालिका ईन्चार्ज नरेश बिष्ट, गाउँ कमिटी अध्यक्ष हिरामणी उपाध्याय लगायत थुप्रै नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको बताउनुभयो।

साथै उक्त स्वागत कार्यक्रममा बोल्दै नेता बिष्टले नेकपा एकीकृत समाजबादी पार्टी भित्र अवसरवादी, भ्रष्टाचारि र नाताबाद र कृपाबाद गर्नेको हाबी भएको, सो पार्टीको भबिस्य पनि नभएको र नेकपा एमाले सधै राष्ट्र र राष्ट्रियताको पक्षधर भएको हुदा सबैलाई नेकपा एमालेमै फर्किन आग्रह गर्नुभएको बताउनुभयो। अरु केही नेता तथा कार्यकर्ता पनि केही दिनमै एमालेमै फर्किने बताउनु भएको नेकपा एमाले नरहरिनाथ गाउँ कमिटी सचिव प्रदीप बोहराले बताउनुभयो।’