रास्काेटमा महिनावारी स्वच्छता मेला

ललित विष्ट,
मंसिर २२, कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा नगरपालिका स्तरीय मेला आयोजना गरिएको छ । उतm अवसरमा रास्कोट नगरपालिकाका दश वटा विद्यालयलाई सहभागी गराई पालिका स्तरिय मेलाको आयोजना गरिएको हो ।

महिनावारीको बिषयमा कुरागर्दा पछ्यौरीले मुख छोप्ने रास्कोट नगरपालिका किशोर किशोरीहरु अचेल महिनावारी स्वास्थ्य स्वस्छताको बारेमा खुलेर छलफल गर्ने गरेको कालासिल्ला माध्यामिक विद्यालयको कक्षा -८ मा अध्यनरत किशोरी रश्मी बमले बताइन् । उनले भनिन् ‘महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु,महिनावारीको समयमा सरसफाइ, सुरक्षित प्याडको प्रयोग, प्याडको उचित विसर्जन, परिवारका सदस्यहरुको भूमिका लगायतका विषयमा खुलेर कुराकानी राख्नु पर्छ ।’

महिनावारी भएर छाउ गोठमा बस्ने हरेका महिला तथा किशोरीहरुले आफु सुरक्षित कहिल्यै हुन नसकेको उनको भनाई छ । महिनावारी स्वास्थ्य,स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सिर्जना गर्नका लागि विद्यालयमा विभिन्न कार्यक्रम हुनेगरेका उनले सुनाइन् ।

महिनावारीको समयमा विद्यालय अनुपस्थित हुने दरमा भने अपेक्षाकृत कमी आउन सुरु गरेको कुरालाई आत्मसाथ गर्दै प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग,मानव अधिकार तथा बातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको सहजिकरण र रास्कोट नगरपालिकाको समन्वयमा रास्कोट महिनावारी स्वास्थ्य,स्वच्छता र खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार परियोजन अन्तर्गत रास्कोट नगरपालिकाका बिभिन्न काम गरिरहेको छ ।

महिनावारी सम्बन्धी भ्रमहरु, अफ्ठ्याराहरु, किशोरकिशोरी, युवायुवती, परिवारको भूमिका जस्ता बिषयलाई समेट्दै प्याड व्यवस्थापन गर्ने करा, प्याड निर्माण गर्ने कुराहरुलाई डेउदा मार्फत समावेश गरिएको थियो । यसबाहेक किशोरी केन्द्रित र विद्यालय केन्द्रित कार्यक्रमहरुले समेत महिनावारी स्वच्छतालाई समेटेका छन् ।

विद्यालयमा किशोरीहरुका लागि ‘आराम कक्ष’ बनाउने कामको थालनी भएको छ, भने पुराना शौचालयहरुलाई मर्मत सम्भार तथा स्तरउन्नति गरी महिनावारीमैत्री वातावरण बनाउने कामको समेत थालनी भएको हुरेन्डेक नेपाल कालीकोटका परियोजना संयोजक सुर्य रोकायाले जानकारी दिए ।

सेनिटरी प्याड विद्यालयबाट नै उपलब्ध गराइरहेका छन् । सेनिटरी प्याड निर्माण तालिम, अभिमुखीकरण, विभिन्न अन्तरक्र्रिया लगाएतका क्रियाकलाप भइरहेको उनको भनाई छ ।

प्लान इन्टरनेशनल नेपालले विभिन्न सामाजिक सवालमा काम गरीरहेको बताउर्दै त्यही अनुरुप आज मर्यादित महिनावारी दिवशको अवसरमा रास्कोट नगरपालिकाका स्तरिय महिनावारी स्वच्छता मेलाका आयोजना गरियको प्लान इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक दीक्षा भाटले बताईन । महिनावारी कनै लाज, श्रमको कुरा नभएको र अच्चम मानुपर्ने कुरा नभएकाले महिनावारीलाई उत्वसको रुपमा लिनुपर्ने उनले बताईन् ।

उनले महिनावारीका बारेमा व्याप्त अन्धविश्वास हटाउनका लागि विद्यालय तहमा प्रभावकारी शैक्षिक कार्यक्रमका साथै सचेतना आवश्क रहेको उनको भनाई छ ।

महिनावारीको समयमा हने छुवाछुतमा उल्लेख्य कमी आएको रास्कोट नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताए । महिनावारी भएको बेला सार्वजनिक स्थल र कार्यक्रमहरुमा हुने सहभागितामा वृद्धि भएको उनको भनाई छ । समुदायमा हुने विवाह, ब्रतवन्ध लगायतका कार्यमा पूजाआजामा नै संलग्न नभए पनि महिनावारीको समयमा सहभागिता भने जनाउने गरेका छन् ।

महिलाहरुलाई महिनावारी भएकै कारण छुवाछुतको व्यवहार गर्ने, बाहिर राख्ने, प्रतिवन्ध लगाउने, पहुँचबाट बाहिर राख्ने, छाउ गोठमा राख्ने कार्य नराम्रो भइको उनको भनाई छ ।

महिनावारी सम्बन्धी भ्रम तोड्न यस्ता खोले कार्यक्रम जरुरी रहेको हुरेन्डेक नेपालका उपाध्यक्ष खडानन्द अधिकारीले बताए । उनले समुदायमा महिनावारीलाई धर्म, संस्कार, पवित्रता र अपवित्रताको विषय बनाउन नहुने बताए । किशोरीहरु महिनामा चार पाँच दिन विद्यालयमा अनुपस्थित हुने अवस्थाको अन्तय गर्न यस्ता कार्यक्रम जरुरी रहेको उनको भनाई छ ।

उमेर अनुसार आउने शारीरिक परिवर्तन, किशोर अवस्थाको यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी,मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता पक्षलाई कार्यक्रममा समेटीएको थियो ।