
असोज १३,दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ का एक सय १८ घरधुरीमा शुद्ध खानेपानीको सुविधा पु¥याईने भएको छ । डुङ्गेश्वर गाउँपालिका–२ स्थित त्रिकुले, गोगनपानी, देउली बजार, असुरेनी र सेर्माकोट (थापाटोल) मा खानेपानी सुविधा पु¥याइने भएको हो । हेल्भेटास नेपाल र डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानी योजना बन्न लागेको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सामाजिक तथा प्राविधिक सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम मार्फत कुईयाँ देउली खानेपानी तथा सरसफाई योजना सञ्चालन हुने कार्यक्रमका फिल्ड प्राविधिक जयबहादुर बिष्टले बताउनु भयो ।
झण्डै ८२ लाख रुपैयाँको लागतमा बन्न लागेको खानेपानी तथा सरसफाई योजनाबाट एक सय १८ घरधुरीमा घरैपिच्छे खानेपानीको धारा निर्माण हुने फिल्ड प्राविधिक बिष्टको भनाई छ।
बिष्टका अनुसार योजना निर्माणको काम छिट्टै सुरु हुनेछ । पर्यटकीय हिसाबले प्रख्यात रहेको कुईया क्षेत्रबाट ल्याईएको पानी त्रिकुले, गोगनपानी, देउली बजार, असुरेनी र सेर्माकोट (थापाटोल) मा पु¥याईने बताईएको छ। यो योजना निर्माण सम्पन्न भएसँगै वडामा ८५ प्रतिशत घरमा ‘एक घर एक धारा’ बन्ने वडाध्यक्ष राजु कुमार खत्रीले बताउनु भयो ।
योजना निर्माणका लागि बुधवार समिति समेत गठन भएको छ । टंक बहादुर वलीको अध्यक्षता गठित समितिको उपाध्यक्षमा रेशम बहादुर नेपाली, सचिवमा कृष्णबहादुर थापा, कोषाध्यक्षमा गिता खड्का थापा तथा सदस्यहरुमा पदम विक, विष्णा विक, नन्दकली विष्ट, बिमला नेपाली, याम बहादुर गुरुङ्ग, सन्तोष वली र पार्वती खत्री सदस्य रहेका छन् ।by-jwalasandesh



karnalipress
१३ आश्विन २०७८, बुधबार १८:०२