
कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा -४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र चिउरेलाको बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ।
सुत्केरी महिलालाई गुणस्तरीय र सुरक्षित सेवा दिन प्रसूतिगृहको उद्घाटन गरिएको हो ।
चिउरेलाको बर्थिङ सेन्टरले महिलाको स्वास्थ्य सुधारसँगै नवजात शिशुको सुरक्षामा विशेष सहयोग पुग्ने विश्वास गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए । उनले भने यो सुविधा नजिकै पुग्दा मातृ मृत्युदर घट्नेमा हामी आशावादी छौं। उनले अन्य वडाहरूमा पनि स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रसूतिगृह सञ्चालनमा आएसँगै वडा-४ तथा आसपासका क्षेत्रका महिलाहरूलाई अब सुत्केरी हुनका लागि टाढा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्टले बताए। बर्थिङ सेन्टर निर्माणको लागि आई.एन.एफ नेपालले आवश्यक औंजार तथा उपकरण सहयोग गरेको थियो । बर्थिङ सेन्टर उद्घाटनमा वडा नम्वर ४ का वडा अध्यक्ष प्रभानन्द आचार्या,वडा नम्वर ३ का वडा अध्यक्ष दधिराम पाण्डे लगाएतको सहभागीता रहेको थियो ।




karnalipress
६ श्रावण २०८२, सोमबार १७:१७