माटोको ढिस्कोले पुरिएर एकजना घाइते

कालिकोट : घर पोत्ने माटोको ढिस्कोले पुरिएर एकजना घाइते भएकी छन्।कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा न.७ निवासी राजिन्दा बिष्ट सनिवार घर नजिकै घर पोत्ने माटो लिन गरेको बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर घाइते भएकी हुन।

घाइतेलाई एक घन्टा पछि उद्वार गरि पलाँता अस्पतालमा भर्ना गरिएको पत्रकार नमराज न्याैपानेले जानकारी दिए।घाइते भएकि बिष्टलाई पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा राति अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेको उनले बताए ।घाइते बिष्टकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताईएकाे छ।