
८,कार्तीक कालिकोट। कालिकोट जिल्लामा अब क्षयरोग तथा टिभि रोगको परीक्षण सुरु हुने भएको छ। संकास्पद अबस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रवाट सामान्य परीक्षण गर्ने गरीए पनि अब आधुकि मेसिन ( Gene X–port )मेसिनवाट कालिकोट जिल्लामा पहिलो पटक क्षयरोगको परीक्षण हुने भएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले एक कार्यक्रमका बिच कोभीड अस्पतालमा यो सेवाको उत्द्याटन गर्नु भएको छ । उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी आर्चायले अव क्षयरोग लागेको संका लागेमा बिरामिलाई (Gene X–port) परिक्षण हुने भएको हुदा जिल्ला वासीलाई ठुलो राहत भएको बताउनुभयो । यसको नियमित संचालनको लागी र भरपर्दो सेवा दिन जनशक्तिको अपुक हुन नदिन निर्देशन दिदै । अव भरपर्दो क्षरोगको परिक्षण गर्न अव जिल्ला वाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
यस्तै अस्पताल प्रमुख डाक्टर रत्नबिर सुनारले विगतमा सामान्य विधिवाट क्षरोगको परिक्षण गरेपनी अव विश्वासिलो तरवरमा (Gene X–port) बाटै जिल्लामा परिक्षण गर्न पाउनु गौरवको विषय रहेको बताउनुभयो । किड्स नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा मेशिन उपलव्ध भएको किड्स नेपाल नेपालका प्रतिनिधि बिशाल शाहीले बताउनुभयो ।
जनस्वास्थ्य कटक महतले कालिकोट अस्पताल विगतका दिनहरु भन्दा सुधार हुदै गएको बताउनुभयो । जनशक्ति देखी, मेशिन औजार उपकरणको अभाव झेल्दै आएको अस्पतालले विस्तारै सवै सेवा उपलब्ध गराउदै आएको बताउनुभयो ।
यो सेवा कर्णाली प्रदेशका दश वटा जिल्ला मध्य कालिकोट गरी ५ वटा जिल्लामा संचालन भएको छ । यो भन्दा पहिले क्षरोगको परिक्षण गर्न जिल्ला वाहिर जानु पर्ने अवस्था रहेको थियो । जिल्लामै अत्याधुनिक मेशिनबाट परिक्षण हुने भएपछी अव जिल्ला वाहिर जान पर्ने बाध्यता हटेको छ । क्षरोगको संख्यामा कमी आएपनी यसको प्रभावकारी परिक्षण नहुदा संख्या कम भएको देखिन्छ अव यस मेशिनबाट परिक्षण गर्दा क्षरोगीको संख्यामा वृद्धी हुन सक्ने अनुमान गरीएको छ ।
karnalipress
८ कार्तिक २०७८, सोमबार १८:४४